मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ चैत २४ आइतबार
  • Monday, 07 April, 2025
नयाँ पत्रिका काठमाडौँ
२o८१ चैत २४ आइतबार १६:५५:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

नेपाल–चीन सांस्कृतिक आदान–प्रदान तथा पर्यटन प्रवर्द्धन कार्यक्रम आगामी वैशाखमा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौँ
नयाँ पत्रिका
२o८१ चैत २४ आइतबार १६:५५:oo

चीनको गुइलिनमा आगामी वैशाखमा नेपाल–चीन सांस्कृतिक तथा पर्यटन  प्रवर्द्धन कार्यक्रम आयोजना हुने भएको छ । चीनस्थित गुइलिन मर्चेन्ट इन्टरनेसल ट्राभल सर्भिस, गुइलिन पर्यटन विश्वविद्यालय र गुइलिन इंग्लिस कर्नर स्कुलसँगको सहकार्यमा उक्त कार्यक्रम आयोजना गरिने आज यहाँ आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो । कम्पनीका अध्यक्ष सत्या लामा तामाङले नेपाली कलाकार, पर्यटन व्यवसायी, उद्यमी तथा व्यापारी, सरकारी प्रतिनिधिलगायत सहभागी हुने जानकारी दिए ।

‘आगामी वैशाख २८ गते चीनको गुइलिनमा दुईदेशीय सांस्कृतिक आदान–प्रदान तथा पर्यटन प्रवर्द्धन कार्यक्रम आयोजना गरिनेछ । यसले द्विपक्षीय सम्बन्ध अझ बलियो बनाउनुका साथै पर्यटन क्षेत्रमा सहकार्य बढ्ने विश्वास लिएका छौँ,’ अध्यक्ष तामाङले भने ।

कार्यक्रममा नेपाल र चीनका मौलिक गीत, नृत्य प्रस्तुत गर्नुका साथै नेपालको पर्यटन प्रवर्द्धन गरिने कम्पनीका प्रबन्ध निर्देशक फुर्बा ग्याल्बो मोक्तानले बताए । उनले त्यस अवसरमा नेपालको संस्कृति र पर्यटन क्षेत्रमा योगदान गरेका व्यक्तिलाई पुरस्कृत गरिने जानकारी दिए ।

‘कोरियोग्राफर’ कमल राईले चीनको गुइलिनमा राई, लिम्बू, गुरुङ, थारूलगायत पूर्वमेचीदेखि पश्चिम महाकालीसम्मका वेशभूषा र संस्कृति झल्कने विविध सांस्कृतिक कार्यक्रम आयोजना गरिने बताए । रासस