मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ चैत २४ आइतबार
  • Monday, 07 April, 2025
सन्जीव याेञ्जन काठमाडाैं
२o८१ चैत २४ आइतबार १४:३९:oo
Read Time : < 1 मिनेट
मल्टिमिडिया डिजिटल संस्करण

दम दिन नपर्ने गरी बनाइँदै छ घण्टाघरको घडी [भिडियाे]

Read Time : < 1 मिनेट
सन्जीव याेञ्जन काठमाडाैं
नयाँ पत्रिका काठमाडाैं
२o८१ चैत २४ आइतबार १४:३९:oo

काठमाडौंको घण्टाघरस्तम्भ प्रबलीकरण गरी नयाँ घडी राखिने भएको छ । ०७२ को भूकम्पले क्षति गरेपछि बन्द भएका चारवटा घडी हटाएर दम दिनु नपर्ने आधुनिक घडी राख्न लागिएको हो।

हाल घण्टाघरस्तम्भको चारै भागमा रहेका चारवटा परम्परागत (दम दिनुपर्ने) घडीका सुईमा खिया लागेका छन् । वि.सं. १९१८ मा राखिएका घडीमा त्रिचन्द्र क्याम्पसका कर्मचारी तथा घडीका मिस्त्री गणेश सापकोटाले ३६ वर्षसम्म दम दिएका थिए । सातामा दुईपटक दम दिनुपर्दथ्यो । तर, ०७२ को भूकम्पले भवन र घडीस्तम्भमा क्षति पुगेपछि दम दिन छाडिएको छ।

उक्त म्यानुअल घडी हटाएर अटोमेटिक घडी राख्ने तयारी गरिएको सहरी विकास मन्त्रालय, केन्द्रीय आयोजना कार्यान्वयन इकाइका आयोजना उपनिर्देशक अविनाश श्रीवास्तवले बताए। भारतबाट ल्याइने चारवटा घडीको मूल्य ५० लाख अनुमान गरिएको छ।

हेर्नुस् भिडियाे :