मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ फाल्गुण १७ शनिबार
  • Saturday, 01 March, 2025
२o८१ फाल्गुण १७ शनिबार २१:३५:oo
Read Time : < 1 मिनेट
खेलकुद

एमवाइसीले जित्यो प्रथम सुमन स्मृति कपको उपाधि  

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ फाल्गुण १७ शनिबार २१:३५:oo

प्रथम सुमन स्मृति कपको उपाधि मित्र युवा क्लब (एमवाइसी)ले जितेको छ। धादिङ फुटबल क्लब (डिएफसी) लाई २–० गोल अन्तरले पराजित गर्दै एमवाइसीले उपाधि चुमेको हो।

शुक्रबार भएको सेमिफाइनल खेलमा सेभेन हर्सलाई पराजित गर्दै एमवाइसी र पेनाल्टी सुटआउटमा शिवदल गणलाई पराजित गर्दै डिएफसी फाइलन प्रवेश गरेको थियो।
  
उपाधि विजेता एमवाइसी क्लबका खेलाडीलाई एक लाख ७५ हजार नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिएको छ। त्यस्तै, उपविजेता डिएफसीलाई ७५ हजार र तृतीय हुने शिवदल गण र सेभेन हर्सका खेलाडीलाई २५ हजार नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिएको छ।

उत्कृष्ट प्रशिक्षक एमवाइसीका सञ्जय सापकोटा ‘मित्र’, उत्कृष्ट खेलाडी एमवाइसीका अनिल रानामगर, उत्कृष्ट गोल किपर एमवाइसीका सफल खत्री, उच्च गोलकर्ता शिवदल गणका सरोज श्रेष्ठ र उदयीमान खेलाडी डिएफसीका समीर गुरुङलाई नगदसहित ट्रफी र प्रमाणपत्र प्रदान गरिएको छ।  

खेलकुदबाट भविष्य खोज्दै गरेकाहरूलाई प्रोत्साहन गर्ने र खेलाडी उत्पादन गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको आयोजक धादिङ फुटबल क्लबका अध्यक्ष गोपी भण्डारीले बताए। विजेतालाई प्रदान गरिएको पुरस्कार राशि धादिङ जिल्लामा आयोजित खेलकुद प्रतियोगितामध्ये सबैभन्दा ठुलो धनराशिको रहेको आयोजकले दाबी गरेको छ। 

धादिङका फुटबल खेलाडी सुमन श्रेष्ठको ०७९ सालमा अल्पायुमै अप्रत्याशित निधन भएको थियो। सुमनको सम्झना र सम्मानमा धादिङ फुटबल क्लबले प्रतियोगिताको आयोजना गरेको अध्यक्ष भण्डारीले बताए।