
स्थानीय बजारमा आइतबार सुनको मूल्य बढेको छ ।
तीन सय रुपैयाँले बढेर आज प्रतितोला एक लाख ७० हजार तीन सय रुपैयाँका कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । शुक्रबार सुन प्रतितोला एक लाख ७० हजार रुपैयाँमा कायम भएको थियो ।
यस्तै, आज चाँदीको मूल्य भने तोलामा २० रुपैयाँले घटेको छ । चाँदी प्रतितोला एक हजार ९७० रुपैयाँ कारोबार भइरहेको छ । शुक्रबार चाँदी प्रतितोला एक हजार ९९० रुपैयाँमा कारोबार भएको थियो ।