मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ माघ ३० बुधबार
  • Wednesday, 12 February, 2025
नयाँ पत्रिका काठमाडौैं
२o८१ माघ ३० बुधबार १८:४५:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार

साँखुमा विद्यार्थी बोकेको बस दुर्घटना हुँदा तीनजनाको मृत्यु 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौैं
नयाँ पत्रिका
२o८१ माघ ३० बुधबार १८:४५:oo

काठमाडौंको शंखरापुर–५ कात्तिकेमा विद्यार्थी बोकेको बस दुर्घटना हुँदा तीनजनाको मृत्यु भएको छ। सुन्दरीमाई यातायातको बा २ ख ७९५८ नम्बरको बस दुर्घटनामा परेको हो। 

जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी अपिल बोहराका अनुसार चाबहिलस्थित एसएस एकेडेमीका विद्यार्थी सो बसमा सवार थिए। दुर्घटनामा ४३ जना घाइते भएका छन्। 

साँखु नगरकोट सडकमा सो दुर्घटना भएको हो। बस सिन्धुपाल्चोकका मनीष माझीले चलाएका थिए। सुन्दरीमाई यातायातको सो बस सो स्कुलले रिजर्भमा चलाएको थियो। मृत्यु हुनेहरुमा मोरङ उर्लाबारी नगरपालिका वडा नम्बर ७ स्थायी ठेगाना भई कपन बस्ने ११ वर्षिय क्रिसल गिरी, सिन्धुपाल्चोक बलेफी गाउँपालिका वडा नम्बर ७ स्थायी घर भई चाबहिल बस्ने सुरेश तामाङ र सिन्धुपाल्चोक घर भई काठमाडौं भिमसेनगोला बस्ने १४ वर्षिय शुशाङक डोटेल छन्।  पुरीको शिक्षण अस्पताल, तामाङको नेपाल मेडिकल कलेज तथा डोटेलको शंखरापुर अस्पतालमा मृत्यु भएको हो। 

विद्यालयका विद्यार्थीहरू नगरकोटमा पिकनिक गएर फर्कँदै गर्दा दुर्घटना भएको हो। 

पिपुल्स लाइफ कियर अस्पतामा उपचारार्थ घाईतेहरू: 

१) फिलिप लामा बर्ष १०
२)प्रज्वल थापा बर्ष१०
३) भिम तामाङ बर्ष११
४) राम परियार बर्ष१६
५) सुजन मगर बर्ष१६
६) सिरिसा सुवेदी बर्ष१२
७) प्रकाश बम बर्ष१६
८) साधन बिष्ट बर्ष१२
९) आराध्या शाह बर्ष१०
१०) आशिस तामाङ बर्ष१५
११) स्नेहा राई बर्ष२१
१२)गंगा ज्वती बर्ष ४२
१३) रन्जित थापा बर्ष१३
१४) सुहाना गुभाजु बर्ष१३
१५) श्रीशान्त पौडेल बर्ष१५
१६) कल्पना रेग्मी बर्ष३२
१७) बिकल्प श्रेष्ठ बर्ष १०
१८) नाइस्का पाण्डे बर्ष२३
१९) सुविता तामाङ बर्ष१४
२०)निशान्त पौडेल बर्ष१४
२१) सौगात मगर बर्ष१४
२२) अबित खान बर्ष १०