मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ माघ ३० बुधबार
  • Wednesday, 12 February, 2025
नयाँ पत्रिका काठमाडौं
२o८१ माघ ३० बुधबार १६:१६:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार

अदालतपरिसर डुबानमा परेपछि मुद्दाको सुनुवाइसमेत प्रभावित 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ माघ ३० बुधबार १६:१६:oo

मेलम्ची खानेपानी आयोजनाको पाइप फुट्दा बबरमहलस्थित विभिन्न सरकारी कार्यालयको कामकारबाही प्रभावित भएको छ ।

बबरमहलको दक्षिणतर्फको सडक लेनमा पाइप फुट्दा विशेष अदालत र काठमाडौं जिल्ला अदालतको दोस्रो भवनपरिसर जलमग्न भएको छ । जसकारण मुद्दाको सुनुवाइसमेत प्रभावित भएको छ । अदालतमा सेवाग्राही तथा कानुन व्यवसायी जान नसक्दा सुनुवाइ प्रभावित भएको हो । अदालतबाट न्यायाधीश तथा कर्मचारीहरू निस्कनसमेत सकेका छैनन्। 
त्यस्तै, वनपरिसरमा रहेका सरकारी कार्यालयहरूसमेत प्रभावित भएका छन्। सरकारी कार्यालयपछाडि रहेको बस्तीसमेत प्रभावित बनेको छ। 

पाइप फुटेको तीन घण्टासम्म पनि मर्मत हुन सकेको छैन ।