मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ माघ २३ बुधबार
  • Wednesday, 05 February, 2025
नयाँ पत्रिका जनकपुरधाम
२o८१ माघ २३ बुधबार १८:५८:oo
Read Time : < 1 मिनेट
समाचार

मधेश प्रदेश संसदीय मामिला पत्रकार समाजकाे अध्यक्षमा वीरेन्द्र रमण चयन

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, जनकपुरधाम
नयाँ पत्रिका
२o८१ माघ २३ बुधबार १८:५८:oo

संसदीय मामिला पत्रकार समाज, जनकपुरधामको नयाँ कार्यसमिति र सल्लाहकार समिति गठन गरिएको छ। बुधबार नेपाल पत्रकार महासंघ धनुषाको शास्त्री सभाकक्षमा सम्पन्न भेलाले छलफल र परामर्शपछि ११ सदस्यीय कार्यसमिति चयन गरिएको हो।

भेलाले वीरेन्द्र रमणलाई कार्यसमितिको अध्यक्षको जिम्मेवारी दिइएको छ भने हदिस खुद्दारलाई उपाध्यक्षको रूपमा चयन गरेको छ। 

यस्तै, सचिव पदमा विकासकुमार साह, सह–सचिवमा कमलेशकुमार ठाकुर र  कोषाध्यक्षमा लक्ष्मी चौधरी सर्वसम्मत चयन भएका छन्। समितिका सदस्यहरूमा नवीन सिंह, सञ्जय साह, चाँदनी झा, माला राय, राजा झा र सञ्जय यादव चयन भएका छन्।

सल्लाहकार समितिमा नेपाल पत्रकार महासंघ धनुषाका अध्यक्ष पुरन साह, मनिका झा, अजित तिवारी, श्रीनारायण साह, अजय झा, सुरेश यादव र धीरेन्द्र साह चयन भएका छन्।