नेपाल बैंक लिमिटेडका कर्मचारीहरू र बैंकमा खाता रहेका ग्राहकहरूलाई बुद्ध एयरबाट प्रदान गरिने हवाई र कार्गो सेवामा विशेष छुट प्रदान गर्ने सम्झौतामा हस्ताक्षर भएको छ।
सम्झौताबमोजिम बुद्ध एयरबाट प्रदान गरिने विविध सेवामा लाग्ने शुल्कहरूमा नेपाल बैंकमा कार्यरत कर्मचारी र नेपाल बैंकका ग्राहकहरूलाई टिकट शुल्क (बुद्ध एयर अफिस काउन्टर)मा आठ प्रतिशत छुट हुनेछ। यसैगरी नेपाल बैंकका कर्मचारीहरूलाई कार्गो सेवामा ३० प्रतिशतले छुट हुने बताइएको छ।
सम्झौतापत्रमा बैंकको तर्फबाट सहायक प्रमुख कार्यकारी अधिकृत प्रकाशकुमार अधिकारी र बुद्ध एयरको तर्फबाट मार्केटिङ निर्देशक रूपेश जोशीले हस्ताक्षर गरेका छन्।