मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ मङ्सिर ८ शनिबार
  • Saturday, 23 November, 2024
२o८१ मङ्सिर ८ शनिबार १२:४९:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

खनाल तीन बर्ष उत्कृष्ट करदाता : भन्छन् : ‘सरकार निर्माण व्यावसायीले ऋण काढेर कहिलेसम्म कर तिर्ने ?’ 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ मङ्सिर ८ शनिबार १२:४९:oo

गुल्मीको रेसुंगा नगरपालिका–९ का निर्माण व्यावसायी बिजय खनाल लगातार तीन बर्ष उत्कृष्ट करदाता बनेका छन् । करदाता सेवा कार्यालय गुल्मीले कर सम्पताहको समापन गर्दै उत्कृष्ट करदातासहित विभिन्न व्यक्तिहरुलाई सम्मान गरेको थियो ।

सोहि अवसरमा कृषि भूमि व्यावस्था तथा सहकारी मन्त्री दिनेश पन्थीले अर्जुन बिल्र्डसका प्रोपाइटर बिजय खनाल र श्रीमती लक्ष्मी खनाललाई सम्मान गरेका थिए ।

उनले आर्थिक बर्ष ०७९/०८० मा २५ लाख ३६ हजार ३६७ रुपैयाँ कर तिरेका थिए । सम्मानपछि बोल्दै खनालले सरकारले काम गरेको पैसा समयमै भुक्तानी नगरेका कारण सम्मानपछि लुकेर भाग्ने अवस्थामा निर्माण व्यावसायी रहेको बताए । काम गरेको पैसा सरकारले नदिने तर क्रृण खोजेर बिलको कर बुझाउने बिडम्बनाको अन्त्य हुनुपर्ने खनालले बताए ।

‘मैले पैसा नदिने सरकारलाई सवैभन्दा बढि कर तिरेर उत्कृष्ट बनिरहेको छु । मेरो करोडौको काम गरेको पैसा पाएको छैन,’उनले भने,‘सरकार लुकेर हिड्ने र क्रृण काढेर कर तिर्ने कहिलेसम्म ? ।’