Skip This
प्रदेश सरकारद्वारा उपत्यका ट्राफिक प्रहरीलाई स्मार्टफोन हस्तान्तरण
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ कार्तिक ३० शुक्रबार
  • Friday, 15 November, 2024
नयाँ पत्रिका काठमाडाैं
२o८१ कार्तिक ३० शुक्रबार १७:२३:oo
Read Time : < 1 मिनेट
प्रदेश डिजिटल संस्करण

प्रदेश सरकारद्वारा उपत्यका ट्राफिक प्रहरीलाई स्मार्टफोन हस्तान्तरण

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८१ कार्तिक ३० शुक्रबार १७:२३:oo

बागमती प्रदेश सरकारले उपत्यका ट्राफिक प्रहरीका लागि स्मार्टफोन हस्तान्तरण गरेको छ। डिजिटल सवारीचालक अनुमतिपत्र (लाइसेन्स) नियमनका लागि स्मार्टफोन हस्तान्तरण गरिएको हो।

प्रदेश सरकारको श्रम, रोजगार तथा यातायात मन्त्रालयको आयोजनामा शुक्रबार ललितपुरमा आयोजित कार्यक्रममा मुख्यमन्त्री बहादुरसिंह लामाले प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरलाई स्मार्टफोन हस्तान्तरण गरे। मन्त्रालयका सचिव बलराम निरौलाले पाँच सयवटा स्मार्टफोन उपलब्ध गराएको जानकारी दिए। उपत्यका ट्राफिकका लागि थप फोन सेट क्रमशः उपलब्ध गराउँदै जाने पनि उनले बताए।

बागमती प्रदेशभित्र साढे आठ लाख लाइसेन्स वितरण नै हुन नसकेको उल्लेख गर्दै मन्त्री प्रेमभक्त महर्जनले लाइसेन्स डिजिटलाइजेसनले सेवाग्राहीलाई सुविधा पुगेको बताए। नागरिक एप्समा लाइसेन्स नम्बर राख्नासाथ डिजिटल लाइसेन्स उपलब्ध हुने र त्यसलाई आधिकारिक लाइसेन्स मानिने व्यवस्था गरिएको उनको भनाइ छ।

सो अवसरमा प्रहरी महानिरीक्षक कुँवरले प्राप्त स्मार्टफोनले लाइसेन्स जाँच र इ–चलानको सेवाप्रवाह प्रभावकारी पार्न मद्दत पुग्ने बताए। त्यसैगरी, मुख्यमन्त्री लामाले सवारीचालक अनुमतिपत्र बोकेर हिँड्नुपर्ने बाध्यता सरकारले हटाएको बताए।