Skip This
जापानको आर्थिक वृद्धिदर सुस्त, प्रधानमन्त्री इसिबाद्वारा प्रोत्साहनको तयारी
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ कार्तिक ३० शुक्रबार
  • Friday, 15 November, 2024
रासस टोकियो
२o८१ कार्तिक ३० शुक्रबार १३:१९:oo
Read Time : > 1 मिनेट
विश्व डिजिटल संस्करण

जापानको आर्थिक वृद्धिदर सुस्त, प्रधानमन्त्री इसिबाद्वारा प्रोत्साहनको तयारी

Read Time : > 1 मिनेट
रासस, टोकियो
नयाँ पत्रिका
२o८१ कार्तिक ३० शुक्रबार १३:१९:oo

जापानका प्रधानमन्त्री सिगेरू इसिबाले विश्वको चौथो ठुलो अर्थतन्त्रका रूपमा जापानले फड्को मार्ने प्रयास गरिरहेको बताइरहँदा तेस्रो त्रैमासिकमा मुलुकको आर्थिक वृद्धिदर सुस्त भएको सरकारी तथ्यांकले देखाएको छ।

जापानमा दशकौँयताकै सबैभन्दा भीषण आँधी र ‘महाभूकम्प’को सरकारी चेतावनीले यस गर्मीयाममा औद्योगिक उत्पादन र अन्य आर्थिक गतिविधिमा असर पारेको छ।

मन्त्रिपरिषद्को कार्यालयको प्रारम्भिक अध्ययनले जुलाई र सेप्टेम्बरको बिचमा देशको वृद्धिदर ०.२ प्रतिशतले बढेको र यसले कुल गार्हस्थ्य उत्पादन (जिडिपी)मा वृद्धि गर्ने जापानको लक्ष्यलाई सम्बोधन गर्न नसक्ने देखिएको छ।

तथ्यांकले बजारको अपेक्षा पूरा गरेको भए पनि अघिल्लो तीन महिनामा संशोधित ०.५ प्रतिशतको वृद्धिबाट सुस्ततालाई चिह्नित गरेको छ।

अघिल्लो वर्षको सोही अवधिको तुलनामा जिडिपी ०.९ प्रतिशतले वृद्धि भएको छ, जुन अप्रिल–जुनमा संशोधित २.२ प्रतिशतको तुलनामा निकै कम हो।

मुख्य क्याबिनेट सचिव योसिमासा हयासीले दशकौँसम्म स्थिरता र हानिकारक अपस्फीतिको चपेटामा परेको अर्थतन्त्रको ‘क्रमिक पुनरुत्थान’को अपेक्षा सरकारले गरेको बताएका छन्।

 ‘हाम्रो देश एक महत्त्वपूर्ण दोबाटोमा छ किनकि यो ज्याला वृद्धि र लगानीद्वारा सञ्चालित वृद्धिमा आधारित अर्थव्यवस्थामा संक्रमण गर्न लागेको छ,’ उनले पत्रकारसँगको नियमित भेटमा भने, ‘यसलाई साकार पार्न हामी सबै सम्भावित आर्थिक र वित्तीय नीतिहरू लागू गर्नेछौँ, जसमा हाल विचाराधीन प्याकेज पनि समावेश छ।’

गत महिना सत्तारूढ गठबन्धनलाई १५ वर्षयताकै सबैभन्दा खराब परिणाम दिएको आमनिर्वाचनमा नेतृत्व गरे पनि इसिबाले सोमबार संसदीय मतदानमा विश्वासको मत प्राप्त गर्न सफल भएका छन्। सरकारले सन् २०३० सम्ममा १० ट्रिलियन येन (६४ अर्ब अमेरिकी डलर)भन्दा बढीको साथ एआई र सेमिकन्डक्टर क्षेत्रलाई समर्थन गर्ने योजना सार्वजनिक गरेका छन्।

उनले यसै महिना नयाँ प्रोत्साहन प्याकेजका लागि पूरक बजेटको मस्यौदा पारित गर्न विपक्षी दलहरूलाई पनि आग्रह गरेका छन्। यसमा कम आय भएका परिवार र परिवारका सदस्यका लागि नगद हस्तान्तरणसमेतको योजना समावेश गरिएको छ।

आन्तरिक परीक्षण स्क्यान्डलसँग सम्बन्धित व्यवधानपछि उत्पादन पुनः सुरु भएपछि कारहरूमा उच्च खर्चले त्रैमासिक अवधिमा उत्पादन बढाउन मद्दत पुर्‍याएको विश्लेषकहरूले बताएका छन्। तलब वृद्धि र अस्थायी आयकर कटौती पनि सकारात्मक कारक मानिएका छन्।

यो वर्ष आएको ७.१ म्याग्निच्युडको भूकम्पीय झट्कापछि जारी गरिएको ‘महाभूकम्प’ चेतावनी र शानशान नाम दिइएको चक्रवातले आर्थिक वृद्धिलाई सुस्त बनाएको छ। अगस्तको अन्त्यमा शानशानको अवतरणपछि औद्योगिक उत्पादनमा पनि असर परेको थियो, जसले गर्दा जापानलाई रेल र उडान सेवाहरू रद्द गर्न बाध्य पारेको थियो।

सोही महिनाको सुरुमा मौसम एजेन्सीले पहिलोपटक नयाँ चेतावनी प्रणालीअन्तर्गत जारी गरेको महाभूकम्प चेतावनीले ‘पर्यटनको मागमा कमी आएको’ बताएको थियो। यसले उपभोक्ताहरूलाई आपतकालीन आपूर्तिको स्टक गर्न उत्प्रेरित गरेको थियो, जसले सुपरमार्केटहरूमा चामलको अभाव निम्त्याएको थियो। हजारौँले सप्ताहव्यापी परामर्शको समयमा बिदाहरू रद्द गरे।

‘तेस्रो त्रैमासिकमा अर्थतन्त्रले गति गुमाएको छ र हामीलाई लाग्छ कि आगामी त्रैमासिकमा जिडिपी वृद्धि लक्ष्यको वरिपरि रहनेछ,’ क्यापिटल इकोनोमिक्सका एसिया–प्यासिफिक प्रमुख मार्सेल थिलियान्टले भने, ‘यद्यपि, बैंक अफ जापान उपभोक्ता खर्चको शक्तिबाट प्रोत्साहित हुनेछ र अर्को महिना हुने बैंकको बैठकमा दर वृद्धिको साथ अगाडि बढ्ने अपेक्षा अझै पनि गर्न सकिन्छ।’