Skip This
चाडपर्व सकिएसँगै मुगुमा गाउँ छाड्ने बढे
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ कार्तिक ३० शुक्रबार
  • Friday, 15 November, 2024
२o८१ कार्तिक ३० शुक्रबार ११:१६:oo
Read Time : < 1 मिनेट
समाचार प्रिन्ट संस्करण

चाडपर्व सकिएसँगै मुगुमा गाउँ छाड्ने बढे

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ कार्तिक ३० शुक्रबार ११:१६:oo

दसैँ–तिहारलगायत चाडपर्व सकिएपछि मुगुमा गाउँ छाड्ने बढेका छन् । दसैँ–तिहारका लागि गाउँ आएकाहरू रोजगारी र अध्ययनका सिलसिलामा सुर्खेत, धनगढी, नेपालगन्ज, पोखरा, काठमाडौंलगायत सहर लागेका छन् । अझ रोजगारीका लागि भारत र तेस्रो मुलुक जानेको संख्या पनि बढेको छ । 

खत्याड गाउँपालिका–८ आमगाउँका धनसुर विक बुधबार मात्र भारत हिँडेका छन् । वर्षको एक–दुईपटक भारत जाने गरेको उनले सुनाए । भारतमा दुई–तीन महिना काम गर्दा खान, बस्न र बालबच्चालाई लत्ताकपडा किनेर केही पैसा बचाएर घर फर्कन सकिने उनी बताउँछन् । ‘यता वर्षभरि काम गर्दा खान–लाउन पुग्दैन, उता भारतमा दुई–तीन महिना काम गर्दा ५०–६० हजार रुपैयाँ बचाएर घर आइन्छ,’ उनले भने ।

आमगाउँकै एक दर्जन युवाले गाउँ छोडेका छन् । खत्याड गाउँपालिका–८, १० र ११ बाट एक सय हाराहारीमा सर्वसाधारण बाहिरिएका छन् । तिहारयता खत्याड–८ रिगागाउँबाट एक सय हाराहारीमा सर्वसाधारण बाहिरिएका रिगा गाउँका स्थानीय नवराज जैसीले बताए । आफ्नो गाउँबाट मात्रै एक सातामा ३०–४० जना रोजगारीको लागि भारत र पढाइका लागि नेपालगन्जलगायत सहर गएका उनी बताउँछन् ।

एक सातायता खत्याड गाउँपालिकाका ११ वटा वडाका विभिन्न गाउँबस्तीबाट करिब चार–पाँच सय सर्वसाधारण कर्णाली पुल तरेर बाहिरिएको देखिएको मुगु र बाजुराको सिमानास्थित खत्याड गाउँपालिका–८ झुगेलामा बस्ने लालबहादुर खत्रीले बताए ।