कर्णालीको विकास र समृद्धिका लागि प्रतिनिधिसभा सदस्य तथा राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले प्रधानमन्त्री एवं कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका कुलपतिलाई १० बुँदे मागसहित ज्ञापनपत्र बुझाएका छन्।
संविधान जारी भएको दशक बितिसक्दा पनि कर्णालीले स्वास्थ्य, शिक्षा, कृषि र पूर्वाधारमा आवश्यक सुधार र प्रगति नदेखेको भन्दै शाहीले राज्यको गम्भीर ध्यानाकर्षण गराएका हुन्।
शाहीले कर्णालीमा अहिले पनि न्यूनस्तरको जीवनयापन भइरहेको र राज्यले स्थानीय आवश्यकताअनुसार सुधारका कार्यक्रमहरू अघि नबढाएको ज्ञापनपत्रमा उल्लेख गरेका छन्।
ज्ञापनपत्रमा जुम्लालगायत कर्णाली क्षेत्रको कृषि र विशेष गरी स्याउ उत्पादनलाई प्राथमिकतामा राखेर कृषकलाई सशक्त बनाउन र आर्थिक लाभ दिने व्यवस्था गर्न आग्रह गरिएको छ।
यस्ता छन् शाहीका प्रमुख मागहरू :