१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ कार्तिक २८ बुधबार
  • Thursday, 14 November, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ कार्तिक २८ बुधबार १२:४९:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

प्रधानमन्त्रीअघि परराष्ट्रमन्त्री राणा चीन जाने

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ कार्तिक २८ बुधबार १२:४९:oo

प्रधानमन्त्री केपी ओलीको औपचारिक भ्रमणको तयारीका लागि परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा १३ मंसिरमा बेइजिङ जाने भएकी छिन्। प्रधानमन्त्री ओली १७ मंसिरमा चीन जाँदै छन्।

समकक्षी वाङ यीको निमन्त्रणामा परराष्ट्रमन्त्री राणा चीन जान लागेकी हुन्। वाङले भ्रमणका लागि पठाएको निमन्त्रणा नेपालका लागि चिनियाँ राजदूत चेन सङले सोमबार परराष्ट्रमन्त्री राणालाई सिंहदरबारमा भेटेर हस्तान्तरण गरेका थिए। 

प्रधानमन्त्रीको भ्रमणको एजेन्डाबारे परराष्ट्रमन्त्री राणाले चिनियाँ समकक्षीसँग विस्तृतमा छलफल गर्ने कार्यक्रम छ। उनी प्रधानमन्त्रीको भ्रमणमा चीनमै सहभागी हुने र साथमै २१ मंसिरमा फर्किने कार्यक्रम छ।

परराष्ट्रमन्त्री राणाका प्रेस सल्लाहकार एकराज पाठकले मन्त्रीको भ्रमण नोभेम्बर अन्तिम सातामा हुने गरी तयारी भइरहेको, तर औपचारिक रूपमा तय हुन बाँकी रहेको बताए। ‘मन्त्रीज्यूको भ्रमणको तयारी भइरहेको छ, तर कहिले जाने भन्ने तय हुन बाँकी छ,’ पाठकले नयाँ पत्रिकासँग भने।

प्रधानमन्त्रीको भ्रमणमा बिआरआई कार्यान्वयन योजनामा हस्ताक्षर तथा पोखरा विमानस्थलका लागि नेपालले लिएको चिनियाँ ऋण मिनाहा गर्ने विषयमा परराष्ट्रमन्त्रीले समकक्षी वाङसँग छलफल गर्ने कार्यक्रम छ।