१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ कार्तिक २५ आइतबार
  • Wednesday, 13 November, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ कार्तिक २५ आइतबार २o:३२:oo
Read Time : > 1 मिनेट
मुख्य समाचार

अनियमितता मुद्दामा भेरीगंगाका प्रमुख प्रशासकीय अधिकृतसहित सबै १३ जनाले पाए सफाइ

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ कार्तिक २५ आइतबार २o:३२:oo

विशेष अदालतले सुर्खेतको भेरीगंगा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृतसहित १३ विरुद्ध परेको अनियमितता मुद्दामा सफाइ दिने फैसला गरेको छ। अदालतले आइतबार उनीहरू सबैलाई सफाइ दिएको हो। 

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले यहि १३ जेठमा उनीहरूविरुद्ध मुद्दा दायर गरेको थियो। जसमाथि विशेषका अध्यक्ष टेकनारायण कुँवर तथा सदस्यहरू रामबहादुर थापा र मुरारीबाबु श्रेष्ठको इजलासले फैसला सुनाएको हो। 

आर्थिक वर्ष ०७६-७७ मा भेरी नदी गोछेखोलाको नदीजन्य पदार्थ उत्खनन, संकलन तथा बिक्री वितरणमा अनियमितता भएको भेटिएको दाबीसहित मुद्दा दायर भएको थियो। भेरीगंगाको वडा नम्बर ५ मा बदनियतपूर्ण तरिकाले फर्महरूसँग मिलेमतो गरी धेरै रकमको ठेक्का साटफेर गर्दै अधिकतम कबोल मूल्य घटाउने र सम्झौता गर्न नआउने सहमति भएको दाबी अभियोगपत्रमा थियो। 

नगरपालिकाले पनि सार्वजनिक खरिद ऐन र सार्वजनिक खरिद नियमावलीको व्यवस्थाबमोजिम छनोट भएको सफल बोलपत्रदाताले समयमा सम्झौता गर्न इन्कार गरे पनि धरौटी समयमा जफत नगर्ने र अन्य ठेक्का साटफेर गर्न अवसर दिने, सम्झौता नगर्ने फर्मलाई कालोसूचीमा राख्न पत्राचार नगर्नेजस्ता सहमति गरेको अख्तियारको अनुसन्धानका क्रममा भेटिएको थियो। खरिद कानुनले निर्देश गरेको प्रक्रियाविपरीत पहिलोबाट एकैचोटी चौथो योग्य बोलपत्रदातासँग सम्झौता गरेकोसमेत देखिएको थियो। 

यस कार्यबाट सरकारलाई ३६ लाख ७८ हजार रुपैयाँभन्दा बढी नोक्सान भएको दाबी रहेकोमा सबै प्रतिवादीले सफाइ पाएका हुन्। नगरपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत कमलप्रसाद पौडेल, लेखा अधिकृत मानबहादुर ठाडा तथा इन्जिनियर विजयकुमार खत्री प्रतिवादी थिए। 

यस मुद्दामा नगरपालिकामा सब इन्जिनियरका रूपमा कार्यरत मोतीलाल प्रसाद, योजना अधिकृत शिशिरकुमार खड्का, प्रशासकीय अधिकृत पीताम्बर पौडेल, प्राविधिक सहायक उज्जवल रावत, खरिदार सन्तोष तिवारी, लेखापाल जीवन सोमै र सहलेखापाल छविलाल सुनारले पनि सफाइ पाएका छन्। साथै, ठेकेदार कम्पनीका हरिबहादुर बुढा क्षेत्री, नवराज ढकाल तथा अर्का कम्पनीका भीमबहादुर बुढा क्षेत्रीलाई पनि प्रतिवादी कायम गरिएकोमा सफाइ दिने फैसला भएको हो।