Skip This
एनपिएल खेलाडी अक्सनः दोस्रो चरणमा अनुबन्ध भए शरद र विनोद
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ असोज २० आइतबार
  • Sunday, 06 October, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ असोज २० आइतबार २o:१७:oo
Read Time : < 1 मिनेट
खेलकुद डिजिटल संस्करण

एनपिएल खेलाडी अक्सनः दोस्रो चरणमा अनुबन्ध भए शरद र विनोद

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ असोज २० आइतबार २o:१७:oo

राष्ट्रिय क्रिकेट टिमका पूर्वसदस्य शरद भेषवाकर र विनोद भण्डारी नेपाल प्रिमियर लिगको अक्सनको दोस्रो चरणमा ‘सोल्ड’ भएका छन्। 

काठमाडौंमा जारी अक्सनमा शरदलाई चितवन राइनोज र विनोदलाई सुदूरपश्चिम रोयल्सले आफ्नो टिममा समावेश गरेका हुन्। दुवै खेलाडी फर्स्ट विस लिस्टको आधारमा सोल्ड भएका हुन्।

यसअघि दुवै खेलाडीले आफूलाई दश लाख रुपैयाँ बेस रेट रहेको श्रेणी ‘ए’ मा समावेश गरेका थिए। तर, दुवै खेलाडीलाई खरिद गर्न आठै टोलीले इच्छा देखाएका थिएनन्। विस लिस्टको आधारमा चितवन र सुदूरपश्चिमले क्रमश: शरद र विनोदलाई दश लाखको बेस रेटमै प्राप्त गरेका हुन्।

नेपाल क्रिकेट संघ (क्यान)ले काठमाडौंमा आयोजना गरेको अक्सनबाट सहभागी ८ टिमले समान १० जना खेलाडी खरिद गर्दै छन्। अक्सनको सर्ट लिस्टमा कुल १४२ खेलाडी छन्। 

१५ मंसिरदेखि ६ पुससम्म काठमाडौंमा हुने लिगमा एक टोलीमा १६ खेलाडी रहँदा एक मार्की, चार विदेशी र एक ट्यालेन्ट हन्टबाट टिममा अनुबन्ध हुनेछन्।