Skip This
उद्धार कोषमा ५० लाख हस्तान्तरण गर्दै प्रधानमन्त्रीलाई कांग्रेसको ध्यानाकर्षण
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ असोज २० आइतबार
  • Sunday, 06 October, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ असोज २० आइतबार १६:४o:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

उद्धार कोषमा ५० लाख हस्तान्तरण गर्दै प्रधानमन्त्रीलाई कांग्रेसको ध्यानाकर्षण

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ असोज २० आइतबार १६:४o:oo

प्रधानमन्त्री केपी ओलीलाई नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवासहितको टोलीले हालैको प्राकृतिक विपतपछिको अवस्थामा तत्काल र दीर्घकालीन रूपमा गर्नुपर्ने कामबारे सुझावसहित प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषका लागि रु. ५० लाख हस्तान्तरण गरेको छ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा प्रधानमन्त्री ओलीलाई भेटेर सभापति देउवाले ३४ बुँदे सुझावपत्र तथा चेक हस्तान्तरण गरेका हुन्।

सो अवसरमा प्रधानमन्त्री ओलीले नेपाली कांग्रेसले प्राकृतिक विपत्तिको सामना गर्न सबै पक्षले एकताबद्ध भएर सामना गर्नुपर्ने मुख्य भावनासहित दिएका सुझाव मननीय भएको बताए। उनले विपतले कुनै जात, उमेर र धर्म नभनी सबैलाई संकटमा पार्ने भएकाले साझा दायित्व सम्झिएर यसको सामना मिलेर गर्ने कार्यमा सरकारले लिड गर्ने विश्वास दिलाए।

नेपाली कांग्रेसले मिलेर विपतकाे सामना गर्न र भविष्यमा आउने विपतको पूर्वतयारी गर्न एकता र एकताबद्ध भवनाका साथ लाग्न सरकारलाई आग्रह गरेको छ।

सो अवसरमा गृहमन्त्री रमेश लेखक, दलका उपसभापति पूर्णबहादुर खड्का, महामन्त्री विश्वप्रकाश शर्मालगायतका नेताहरू सहभागी थिए।