Skip This
रेखा यादव स्मृति पत्रकारिता पुरस्कारबाट प्रवीण सम्मानित
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ असोज २० आइतबार
  • Sunday, 06 October, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ असोज २० आइतबार १६:o८:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

रेखा यादव स्मृति पत्रकारिता पुरस्कारबाट प्रवीण सम्मानित

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ असोज २० आइतबार १६:o८:oo

पत्रकार प्रवीणकुमार यादव रेखा यादव स्मृति पत्रकारिता पुरस्कार २०८१ बाट सम्मानित भएका छन्। 

शनिबार उनलाई नेपाल यादव सेवा समितिले काठमाडाैंमा एक कार्यक्रमबिच नगद र प्रमाणपत्रसहित सम्मान गरेको हो।

पत्रकारिता क्षेत्रबाट देश, मधेश र यदुवंश समाजमा पुर्‍याएको योगदानको उच्च मूल्यांकन गर्दै पत्रकार यादवलाई नगद पाँच हजारसहित प्रमाणपत्र प्रदान गरिएको आयोजकले जनाएको छ। सप्तरीको तिलाठी कोइलाडी– ७ का यादव नेपाल रिपब्लिक मिडिया प्रालिद्वारा प्रकाशित रिपब्लिक दैनिक अंग्रेजी पत्रिकाबाट पत्रकारिता क्षेत्रमा प्रवेश गरेका थिए।

यादवले द गार्जियन, द वायर, स्विस टिभी, स्विस पब्लिक रेडियो, न्युयोर्क टाइम्स, फ्रेन्च टिभीका लागि रिपोर्टिङ गरेका छन्। उनले द काठमाण्डु पोस्ट र रेकर्ड नेपालका लागि पनि स्तम्भकारको रूपमा काम गरेका छन्।

उनी सन् २०१२ मा अमेरिकी सरकारद्वारा आयोजित अन्तर्राष्ट्रिय नेतृत्व कार्यक्रम (आइभिएलपी)का लागि छनाेट भई अमेरिका गएका थिए।