Skip This
टेक्नोको स्पार्क ३० सी स्मार्टफोन नेपाली बजारमा
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ असोज २० आइतबार
  • Sunday, 06 October, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ असोज २० आइतबार १६:o१:oo
Read Time : < 1 मिनेट
अर्थ डिजिटल संस्करण

टेक्नोको स्पार्क ३० सी स्मार्टफोन नेपाली बजारमा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ असोज २० आइतबार १६:o१:oo

नेपाली बजारमा टेक्नोले आफ्नो नयाँ फोन स्पार्क ३० सी सार्वजनिक गरेको छ। विशेषगरी ‘जेन जी’, कलेज विद्यार्थी र ट्रेन्डसेटरहरूका लागि डिजाइन गरिएको यस फोनमा आकर्षक डिजाइन, उच्च कार्यक्षमता र अत्याधुनिक प्रविधिको संयोजन रहेको कम्पनीको दाबी छ। 

स्पार्क ३० सी (६+१२८) जिबी भेरियन्टकाे सुरुवाती मूल्य रु. १६ हजार ४९० र (८+२५६) जिबी भेरियन्टको मूल्य रु. १९ हजार ९९० राखिएको छ।

सेप्टेम्बर ३० बाट अनलाइन र अफलाइन दुवै माध्यममा उपलब्ध हुने यो फोनमा ५० एमपी एचडी प्राइमरी क्यामेरा, ५००० एमएएच ब्याट्री र १२० हर्टज् डिस्प्ले रहेको छ। १२ प्लस १ महिनाको वारेन्टीमा १०० दिनसम्म फोन रिप्लेसमेन्टको ग्यारेन्टीसमेत रहेको छ।

टेक्नो नेपालका नेसनल पार्टनर सन्तोष भण्डारीले भने, ‘स्पार्क ३० सीले हाम्रो नवीनता र स्टाइललाई नयाँ उचाइमा पुर्‍याएको छ। यो फोनले युवाहरूको जीवनशैलीसँग मेल खाने विशेषताहरूको संयोजन गरेको छ, जसले उनीहरूलाई भिडमा फरक पहिचान दिलाउँछ।’

स्पार्क ३० सी अर्बिट ब्ल्याक, अर्बिट ह्वाइट र म्याजिक स्किन ग्रिन रंगमा उपलब्ध छ। टेक्नो ७० भन्दा बढी देशमा सञ्चालनमा रहेको नवीन प्रविधिको ब्रान्ड हो, जसले स्मार्टफोनदेखि स्मार्ट होम उत्पादनहरूको विस्तृत दायरा प्रस्तुत गर्दै आएको छ।