Skip This
मकवानपुर जिल्ला लिगः गोर्खा ब्वाइजको अपराजित यात्रा कायमै
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ असोज ३ बिहीबार
  • Thursday, 19 September, 2024
२o८१ असोज ३ बिहीबार २o:१५:oo
Read Time : > 1 मिनेट
खेलकुद डिजिटल संस्करण

मकवानपुर जिल्ला लिगः गोर्खा ब्वाइजको अपराजित यात्रा कायमै

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८१ असोज ३ बिहीबार २o:१५:oo

मकवानपुर जिल्ला फुटबल संघको आयोजनामा हेटौँडामा जारी जिल्ला लिग फुटबल प्रतियोगितामा गोर्खा ब्वाइज क्लबको अपराजित यात्रा कायमै रहेको छ। लिगअन्तर्गत समूह ‘बी’ को अन्तिम खेलमा जित निकाल्दै गोर्खा ब्वाइजले अपराजित यात्रालाई कायमै राखेको हो।

लिग चरणका ६ खेलमध्ये पाँच जित र एक बराबरी खेल्दै गोर्खाले १६ अंक बटुलेको छ। गोर्खा ब्वाइजले बिहीबारको खेलमा महावीर क्लबलाई १०–० गोलको फराकिलो अन्तरले पराजित गर्‍यो। गोर्खा ब्वाइजको जितमा मनोज घलान एक्लैले डबल ह्याट्रिकसहित सात गोल गरे भने सुरज लामाले दुई र प्रताप थोकरले एक गोल गरे।

बिहीबारै भएको अर्को खेलमा हटिया स्पोर्टस् एकेडेमी र सात नम्बर फुटबल टिमले एक–एक गोलको बराबरी खेलेका छन्। हटियाका लागि विवेक माझी र ७ नम्बरको तर्फबाट सुरेश राईले एक–एक गोल गरे। योसँगै साबिक उपविजेता हटियाले पाँच र ७ नम्बर फुटबल टिमले दुई अंक आर्जन गरी लिगको अन्त्य गरेका छन्।

बिहीबार भएको समूह ‘सी’अन्तर्गत नामटार र सानोपोखरा क्लबबिचको खेल पनि बराबरीमा सकिएको छ। दुवै टोलीले २–२ गोलको बराबरी खेले। नामटारका लागि साजन जिम्बा र सुदीप तामाङले गोल गर्दा सानोपोखराका सुमन राई र कमल मोक्तानले गोल गरे। लिगमा प्रतियोगितामा नामटारको नौ र सानोपोखराको दुई अंक भएको छ। 

समूह ‘सी’कै अर्को खेलमा पदमपोखरी क्लबले न्यू कम्बाइन क्लबलाई १–० ले हरायो। पदमपोखरीका लागि दिवश गोलेले गरेको गोल नै निर्णायक बन्यो। बिहीबारको जितसँगै पदमपोखरीको ११ अंक भएको छ। १३ अंक रहेको कम्बाइन अझै पनि समूह सीको शीर्ष स्थानमा छ। यस्तै, एफसी मल्टिभिजन १२ अंकसहित समूह ‘सी’को दोस्रो स्थानमा छ। 

जारी प्रतियोगितामा शुक्रबार पनि चार खेल हुने आयोजकले जनाएको छ। जिल्लाका २८ टिमको सहभागिता रहेको लिगको विजेता टोलीले नगद एक लाखसहित बागमती प्रदेशस्तरीय लिग खेल्न पाउनेछ भने दोस्रो हुने टिमले ५० हजार रुपैयाँ नगद पुरस्कार पाउनेछ।