मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ भदौ १७ सोमबार
  • Tuesday, 11 February, 2025
२o८१ भदौ १७ सोमबार o६:५३:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

भागबन्डा मिलाउन गण्डकीमा दुई मन्त्रालय फुटाइयो

चारवटा मन्त्रालय लिएर एमाले सरकारमा सहभागी हुने

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ भदौ १७ सोमबार o६:५३:oo

नयाँ गठबन्धनअनुसार गण्डकीमा सत्ताघटक दलहरूलाई भागबन्डा मिलाउन दुईवटा मन्त्रालय फुटाइएको छ । हाल सात रहेकामा दुईवटा फुटाएर मन्त्रालयको संख्या नौ पुर्‍याइएको छ । प्रदेश सरकारको आइतबार बसेको मन्त्रिपरिषद् बैठकले दुईवटा मन्त्रालय फुटाउने निर्णय गरेको हो ।

मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय र सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालय फुटाउने निर्णय गरेको जानकारी दिए । फुटाउने निर्णयसँगै हाल कायम दुई मन्त्रालय अब चार मन्त्रालय हुने भएका छन् । अब गण्डकीमा उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयलाई दुई मन्त्रालय उद्योग तथा पर्यटन एउटा र वन तथा वातावरण अर्को मन्त्रालय बनाइने भएको छ । यसैगरी, सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालयलाई फुटाएर सामाजिक विकास एउटा र स्वास्थ्य अर्को गरी दुई मन्त्रालय बनाउने निर्णय भएको मुख्यमन्त्री पाण्डेले बताए ।

सत्तारूढ एमाले चार मन्त्रालय लिएर सरकारमा सहभागी हुने भएको छ । कांग्रेस र एमालेले मन्त्रालयको संख्या क्रमशः पाँच र चार लिने सहमति भए पनि कुन–कुन मन्त्रालय कसले लिने भन्ने सहमति भने भएको छैन । एमाले संसदीय दलका नेता खगराज अधिकारी काठमाडौंबाट फर्केपछि मन्त्रालय भागबन्डा लाग्ने मुख्यमन्त्री पाण्डेको भनाइ छ । मन्त्रालयको संख्या र भागबन्डा नमिलेका कारण केन्द्रमा सत्तागठबन्धन परिवर्तन भएको दुई महिना हुन लाग्दासमेत गण्डकीमा मन्त्रिपरिषद् विस्तारमा ढिलाइ भएको थियो ।