१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Wednesday, 25 June, 2025
Invalid date format १३:३६:oo
Read Time : < 1 मिनेट
विश्व डिजिटल संस्करण

तेल अभिभनजिकै छुरा प्रहार, एकको मृत्यु : इजरायली चिकित्सक

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format १३:३६:oo

इजरायलको तेल अभिभको बाहिरी क्षेत्रमा छुरा प्रहारबाट आइतबार एक महिलाको मृत्यु भएको छ भने अन्य तीनजना गम्भीर घाइते भएका छन्।

प्रहरीले शंकास्पद प्यालेस्टिनी आक्रमणकारीले छुरा प्रहार गरेको, तर आक्रमणकारीलाई तत्काल सुरक्षा नियन्त्रणमा लिइएको बताएको छ। 

गाजामा इजरायल–हमास युद्ध सुरु भएको करिब १० महिनापछि क्षेत्रीय तनाव बढिरहेका वेला इजरायलको व्यापारिक केन्द्र तेल अभिभको बाहिरी भागमा पर्ने होलोनका विभिन्न स्थानमा आक्रमण भएको म्यागेन डेभिड एडोम नामक आपतकालीन सेवा बलले जनाएको छ। 

इजरायलको कब्जामा रहेको वेस्ट बैंककका ती संदिग्धलाई घटनास्थलमा पुगेका एक प्रहरी अधिकारीले ‘निष्प्रभावी’ बनाएको बलले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।

आक्रमणको केही समयपछि गम्भीर घाइते भएकी ७० वर्षीया महिलाको मृत्यु भएको म्यागेन डेभिड एडोमले जानकारी दिएको छ। घटनामा अन्य तीनजना घाइते भएका छन्।

७० वर्षीय वृद्धको अवस्था गम्भीर रहेको, ६८ वर्षीय एकजना गम्भीर घाइते भएको र २६ वर्षीय पुरुषको अवस्था सामान्य रहेको सो संस्थाले जनाएको छ।

‘यो एक जटिल र कठिन आतंकवादी हमला थियो, पीडितहरू एक–अर्काबाट लगभग पाँच सय मिटरको दूरीमा तीन अलग–अलग स्थानमा फेला परेका थिए,’ म्यागेन डेभिड एडोमले भनेको छ।  (रासस/एएफपी)