प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले जनताको कामलाई अन्देखा गरेर सरकारले विधेयक ल्याएको बताएका छन् ।
शुक्रबार प्रतिनिधिसभामा बोल्दै पाण्डेले सत्तापक्ष र प्रतिपक्ष भनेर सरकारले छानीछानी काम गरेको बताए । उनले अहिले सरकार अध्यादेश ल्याएर गलत बाटोमा लागेको बताए ।
उनले विभिन्न काण्डमा सरकारले सत्तापक्ष र प्रतिपक्षका नाममा काखा र पाखा गरेको पनि दाबी गरे ।