राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफ्नो सांसद पद फुकुवाका लागि सभामुख देवराज घिमिरेलाई निवेदन दिएका छन्। शुक्रबार सिंहदरबारमा सभामुख घिमिरेलाई भेटेर निवेदन दिएका हुन्।
सम्पत्ति शुद्धीकरण मुद्दा दायर भएलगत्तै सभामुख घिमिरे लामिछानेको सांसद पद निलम्बन गरेका थिए। कानूनको गलत ब्याख्या गरेर लामिछानेको सांसद पद निलम्बन गरिएको रास्वपाको दाबी छ ।