१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ भदौ २२ शनिबार
  • Monday, 16 September, 2024
२o८१ भदौ २२ शनिबार २१:५o:oo
Read Time : > 1 मिनेट
खेलकुद डिजिटल संस्करण

मकवानपुर जिल्ला लिगः पदमपोखरी युवा क्लब र गोर्खा ब्वाइज विजयी

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८१ भदौ २२ शनिबार २१:५o:oo

मकवानपुर जिल्ला फुटबल संघको आयोजनामा हेटौँडामा जारी जिल्ला लिग फुटबल प्रतियोगिताअन्तर्गत शनिबार भएका खेलबाट पदमपोखरी युवा क्लब र गोर्खा ब्वाइज क्लब विजयी भएका छन् ।

पदमपोखरीले सानोपोखरा क्लब हेटौँडालाई ३–२ र गोर्खा ब्वाइजले पदमपोखरीको रियल स्टारलाई १–० गोल अन्तरले हराएको छ। पदमपोखरी युवा क्लबको जितका लागि युवराज वाइबा, सुजन स्याङ्तान र अभिषेक बोगटीले एक-एक गोल गरे।

यस्तै, सानोपाेखराका लागि सञ्जय मोक्तान र सुमन राईले एक-एक गोल गरे। खेलको ३२औँ मिनेटमा युवराज वाइबाको गोलमार्फत पदमपाेखरी युवा क्लबले अग्रता लिएको थियो। तर, त्यसको ४ मिनेटपछि नै सानोपोखराका लागि सञ्जय मोक्तानले बराबरी गोल फर्काए।

पहिलो हाफ एक-एक गोलको बराबरीको अवस्थामा रहको खेलमा पदमपोखरीले दोस्रो हाफमा दुई गोल थप्यो। खेलको ५९औँ मिनेटमा पदमपोखरीका लागि सुजन स्याङ्तान र अतिरिक्त समयमा अभिषेक बोगटीले एक-एक गोल गरे। खेलको अतिरिक्त समयको अन्तिम सानोपोखराका लागि सुमन राईले गोल गरे पनि टिमलाई हारबाट जोगाउन सकेन।

शनिबार नै भएको अर्को खेलमा गोर्खा ब्वाइजले लगातार तीन खेल जित्ने क्रममा पदमपोखरीको रियल स्टार क्लबलाई १–० ले हरायो। गोर्खा ब्वाइजका लागि मनोज लामा घलानले गरेको गोल नै खेलको निर्णायक गोल बन्यो। यस्तै, अर्को खेलमा न्यू कम्बाइन र एफसी नामटारले बराबरी खेलेका छन्। दुवै टिमले गोलरहित बराबरी खेल्दै अंक बाँडेका छन्। 

यता, एफसी मल्टिभिजन र ७ नम्बर फुटबल टिमको खेल भने स्थगित भएको छ। एक-एक गोलको बराबरीको अवस्थामा निर्धारित समयको १० मिनेट खेल बाँकी रहँदा अँध्यारो भएपछि खेल स्थगित भएको हो।

७ नम्बर वडाले पहिलो हाफमै उपहार गोलमार्फत अग्रता बनाएको थियो। दोस्रो हाफमा भने मल्टिभिजन खेलमा फर्कियो। उसका लागि खेलको ५८औँ मिनेटमा जेनिस थपलियाले बराबरी गोल फर्काए। ७ नम्बर र मल्टिभिजनको बाँकी खेल दुवै टिमसँगको छलफलमा खेलाइने आयोजकले जनाएको छ।

२८ वटा क्लबको सहभागिता रहेको जिल्ला लिगमा दैनिक ४ वटा खेलहरू भैरहेको छ। लिगको विजेताले प्रदेशस्तरीय प्रतियोगितामा सहभागिता जनाउन पाउनुका साथै एक लाख नगद र उपविजेताले ५० हजार रुपैयाँ प्राप्त गर्नेछ।