१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ भदौ २२ शनिबार
  • Monday, 16 September, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ भदौ २२ शनिबार १७:५४:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

इन्जिनियर एसोसिएसनको अध्यक्षमा श्रेष्ठको उम्मेदवारी, वार्षिक क्यालेन्डर लागू गर्ने प्रतिबद्वता

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ भदौ २२ शनिबार १७:५४:oo

नेपाल इन्जिनियर्स एसोसिएसन (नेइए) को आसन्न निर्वाचनमा अध्यक्षका उम्मेदवार इन्जिनियर दीपक श्रेष्ठले संस्थालाई पारदर्शी र सहभागितामूलक ढंगले सञ्चालन गर्ने प्रतिबद्धता जनाएका छन् 

माओवादी केन्द्रनिकट नेपाल राष्ट्रिय इन्जिनियर संगठन (नियोन)बाट प्यानलसहित चुनावी मैदानमा होमिएका श्रेष्ठले नेइए पारदर्शी हुन नसकेको आवाज आमइन्जिनियरबाट आइरहेको भन्दै आफूहरू नेतृत्वमा आएपछि सम्बोधन गर्ने प्रतिबद्धता जनाए। 

‘पक्कै पनि यो आमइन्जिनियरहरूको आवाज हो। एसोसिएसनले वार्षिक कार्यतालिका कहिले ल्याएको छैन। एसोसिएसन खाली इन्जिनियर्स डे मनाउने र चुनाव गर्नेमै सीमित छ। अन्य गतिविधिहरू, आर्थिक गतिविधिको विषय अहिलेसम्म पारदर्शी छैन,’ उनले भने, ‘त्यो पारदर्शी बनाउने हाम्रो प्रण हो। एसोसिएसनको हरेक गतिविधि पारदर्शी हुनुपर्छ, वार्षिक क्यालेन्डरसहित आउनुपर्छ भन्ने हाम्रो मान्यता हो। सम्पूर्ण इन्जिनियरले गतिविधि थाहा पाउनुपर्छ, सहभागी हुने अवसर पाउनुपर्छ भनेर हामी प्रतिस्पर्धामा छौँ। त्यो व्यवहारबाट कार्यान्वयन गरेर देखाउँछौँ।’ 

अध्यक्षमा प्रतिस्पर्धा गरिरहेका श्रेष्ठ २० वर्षदेखि इन्जिनियरिङ पेसामा क्रियाशील छन्। श्रेष्ठले नेपाल इन्जिनियरिङ परिषद् सदस्यका रूपमा काम गरिसकेका छन्। 

श्रेष्ठको अध्यक्षतामा रहेको नियोन प्यानलको उपाध्यक्षमा श्यामनारायण चौधरी, महासचिवमा राजेन्द्रबहादुर क्षेत्री, उपमहासचिवमा गजेन्द्रकुमार झा, कोषाध्यक्षमा देवेन्द्रबहादुर राउत, सहकोषाध्यक्षमा भुवनबहादुर पौडेल छन्। 

सदस्य पदमा अनिल नेपाल, खेमराज पोखरेल, प्रवीण ढकाल, निर्मल कडरिया, यादवराज घिमिरे, सन्दीप केसी, अनुप क्षेत्री, लोकेन्द्र कार्की, विजय पौडेल, आकाश थापामगर र समीर सुवेदी छन्। 

नेइएको ३४औँ कार्यकारिणी समिति तथा तेस्रो प्रदेश कार्यकारिणी समितिको निर्वाचन २८ भदौमा शुक्रबार हुँदै छ।