कान्ति लोकपथका दुई पहिरो पन्छाइँदै, बिहान १० बजेसम्म सडक खुलाउने लक्ष्य

सोमबार, १२ असोज, २०८३
डिजिटल संस्करण

कान्ति लोकपथको ललितपुरखण्डमा खसेका दुईवटा पहिरो हटाउने काम तीव्र पारिएको छ । लगातारको वर्षापछि अवरुद्ध सडक सञ्चालनमा ल्याउन सोमबार बिहान ५ बजेदेखि तीनवटा एक्स्काभेटर परिचालन गरिएको कान्ति लोकपथ मकवानपुरका इन्जिनियर साजन न्यौपानेले जानकारी दिए ।

उनका अनुसार दुवै स्थानको पहिरो पन्छाउने काम भइरहेको छ । बिहान १० बजेसम्म सडक खुलाएर सवारी आवागमन सञ्चालन गर्ने लक्ष्य राखिएको उनले बताए ।

कान्ति लोकपथअन्तर्गत मकवानपुरखण्ड सञ्चालन भए पनि पहिरोका कारण ललितपुरखण्डमा सडक अवरुद्ध हुँदा हेटौँडा–काठमाडौं आवतजावत प्रभावित भएको छ । पहिरो हटाएपछि सडकको अवस्था परीक्षण गरी सवारी सञ्चालन गरिने आयोजनाले जनाएको छ ।
 

सुझावित समाचार