आठ करोड ४२ लाख बिगोका १२ बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ

शुक्रबार, ९ असोज, २०८३
डिजिटल संस्करण

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले आठ करोड ४२ लाख ३६ हजार रुपैयाँ बिगो भएका १२ वटा बैंकिङ कसुर तथा चेक अनादर मुद्दाका फरार प्रतिवादीलाई पक्राउ गरेको छ। ओखलढुंगाको चम्पादेवी गाउँपालिका– ३ घर भई हाल काठमाडौं महानगरपालिका– ३२ बस्दै आएका ४८ वर्षीय शेरबहादुर मगरलाई प्रहरीले ललितपुर महानगरपालिका– १० बाट पक्राउ गरेको हो।

प्रहरीका अनुसार विभिन्न अदालतको फैसलाबाट मगरलाई बैंकिङ कसुरसम्बन्धी १२ वटा मुद्दामा दुई वर्ष एक दिन कैद र ६२ लाख ९० हजार एक सय रुपैयाँ जरिवाना हुने ठहर भएको थियो। फैसला कार्यान्वयनका लागि उनलाई बुधबार सम्बन्धित जिल्ला अदालतमा उपस्थित गराइएको प्रहरीले जनाएको छ। मगरविरुद्ध काठमाडौं र ललितपुरका विभिन्न प्रहरी कार्यालयमा बैंकिङ कसुरका मुद्दा दर्ता भएका थिए। त्यस्तै, काठमाडौं जिल्ला अदालतमा तीनवटा चेक अनादरका मुद्दासमेत रहेको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार ती मुद्दाहरूमा ६ करोड ४२ लाख ३६ हजार रुपैयाँ बिगो देखिएको छ। यसअघि विभिन्न मुद्दामा गरी एक लाख, पाँच लाख ५५ हजार, एक लाख, एक लाख, एक लाख, १० लाख ५६ हजार, ४६ लाख र ६९ लाख ८० हजार रुपैयाँ बिगोसमेत उल्लेख छ। प्रहरीले मगरलाई खोजतलासका क्रममा पक्राउ गरी फैसला कार्यान्वयनका लागि अदालतमा बुझाएको जनाएको छ।

सुझावित समाचार