पर्यटन प्रवर्द्धन गर्न नेपाल–जापान सांस्कृतिक महोत्सव आयोजना हुँदै

मंगलबार, ६ असोज, २०८३
डिजिटल संस्करण

नेपाल र जापानबिच कूटनीतिक सम्बन्ध स्थापना भएको ७०औँ वर्षगाँठका अवसरमा ‘नेपाल–जापान महोत्सव, २०२६’ आयोजना हुने भएको छ । उक्त महोत्सव नेपाल–जापान महोत्सव कार्यकारी समितिको आयोजनामा हुन लागेको बताइएको छ । 

महोत्सवमार्फत नेपाल तथा जापानी संगीत, कला, संस्कृति र जनस्तरको सम्बन्धमार्फत आपसी मित्रता, सद्भाव र ऐक्यबद्धता प्रवर्द्धन गरिने बताइएको छ । कार्यक्रमको मुख्य आकर्षकका रूपमा प्रख्यात जापानी ब्यान्ड गोडिगोवीको विशेष सांगीतिक प्रस्तुति रहनेछ । सन् १९८० मा दशरथ रंगशालामा ऐतिहासिक कन्सर्ट गरेको चार दशकभन्दा बढी समयपछि यो ब्यान्ड पुनः नेपाल फर्किन लागेको हो । 

सुझावित समाचार