बाँकेको कोहलपुर नगरपालिका– ४, गोहवामा दाइको हत्या आरोपमा भाइ पक्राउ परेका छन्। २० वर्षीय विनोद चौधरी २६ वर्षीय सहोदर दाइ मनोज चौधरीको हत्या आरोपमा पक्राउ परेका प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार आइतबार साँझ ७ बजेतिर विनोदले कुटपिट गरी दाइको हत्या गरेर नहरमा फालेका थिए। घटनापछि फरार विनोदलाई प्रहरीले सोमबार बिहान भारततर्फ भाग्दै गरेको अवस्थामा बाँकेको कोहलपुर– १५, चन्हवाबाट पक्राउ गरेको छ।
मृतकको शव पोस्टमार्टमका लागि भेरी अस्पताल नेपालगन्ज पठाइएको छ भने घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।