रास्वपाले यसअघिका आन्दोलनहरूको तिरस्कार गर्दैन : सभापति लामिछाने

आइतबार, ७ असार, २०८३
डिजिटल संस्करण

सभापति रवि लामिछानेले राष्ट्रिय स्वतन्त्र पार्टीले यसअघिका कुनै पनि आन्दोलनको तिरस्कार नगर्ने बताएका छन्। चितवनमा जारी पार्टीको प्रथम राष्ट्रिय महाधिवेशनलाई सम्बोधन गर्दै लामिछानेले पुराना नेताहरूलाई विश्वस्त हुन आग्रह गरे।

देश रास्वपाको हातमा भएकाले सुरक्षित रहनेमा विश्वस्त हुन अनुरोध गर्दै उनले भने, ‘यस अगाडि भएका तमाम आन्दोलनहरूको तिरस्कार गर्ने साहस हामीमा हुनेछैन। त्यो कदम हामी कदापि चाल्नेछैनौँ। म यहाँहरूलाई निर्धक्क हुन अनुरोध गर्न चाहन्छु– रास्वपाले त्यो लाइन क्रस गर्दैन।’

अघिल्लो पुस्ताले देशलाई संविधान, संघीय लोकतान्त्रिक गणतन्त्र, नागरिक हक अधिकार, समतामूलक समाज, समावेशितालगायत थुप्रै उपहार दिएको उल्लेख गर्दै सभापति लामिछानेले रास्वपाले त्यसको जगेर्ना गर्ने प्रस्ट पारे।

सुझावित समाचार