मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
२०७९ कार्तिक २६ शनिबार १८:२५:००
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

गृहजिल्ला पुगेर प्रचण्डले भने- आउँदो निर्वाचन जनमतसंग्रह

Read Time : > 1 मिनेट
२०७९ कार्तिक २६ शनिबार १८:२५:००

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आउँदो निर्वाचन जनमतसंग्रह भएको बताएका छन्।
 
४ मंसिरमा हुन गइरहेको प्रतिनिधिसभा एवं प्रदेश सभा सदस्य निर्वाचनको सम्दर्भमा चितवनमा आयोजित आमसभालाई सम्बोधन गर्दै प्रचण्डले आउँदो निर्वाचन अग्रगमन र प्रतिगमनबीचको जनमतसंग्रह भएको बताएका हुन्। 

उनले भने– यो निर्वाचन देशलाई पछाडि धकेल्ने हो वा देशलाई अघि लैजाने हो । विकास र समृद्धिको नयाँ यात्रातिर लैजाने हो वा अराजकता र निरंकुशता, सामान्तितन्त्रतिर लैजाने हो भन्ने कुराको जनमतसंग्रहजस्तो हुँदै छ। मलाई विश्वास छ चितवनसहित देशभरिका जनता प्रगति, परिवर्तन, न्याय, समानता, विकासको पक्षमा उभिने हुँदा अग्रगमन र प्रतिगमनमा एकताबद्ध भएर प्रगति र परिवर्तन , न्याय र समनताको पक्षमा लोकतन्त्र र संमावेशीताको पक्षमा आफ्नो मत जाहेर गर्नुहुनेछ। 

संविधानमा हस्ताक्षर गरेका व्यक्तिहरू नै संविधान च्यात्न, गणतन्त्र उल्ट्याउन, जनताको अधिकार खोस्नको लागि मौका पर्खेर बसेको बताउँदै मंसिर ४ गते प्रदेश र संघको निर्वाचनमा प्रतिगमनले टाउको उठाउन नसक्ने गरी नेपाली जनताले एकताको प्रदर्शन गर्न अनुरोध गरे। 

प्रतिगमन र प्रतिक्रान्तिको खतराबाट देशलाई बचाउने जनताले ७० वर्ष लडेर प्राप्त गरेका अधिकारीको रक्षा गर्ने र थप अधिकारको लागि लड्ने संकल्पसहित संविधान, लोकतान्त्रिक गणतन्त्र र राष्ट्रको रक्षाको पुनीत उद्देश्य लिएर गठबन्धन गरिएको प्रचण्डले बताए।

उनले भने– यो गठबन्धन हिजोको १२ बुँदे सहमति, बृहत् शान्ति सम्झौता, संविधान सभा र संघीय लोकतान्त्रिक गणतन्त्रको नेतृत्व गर्ने दलहरू र नेताहरूको गठबन्धनकै निरन्तरता हो। देशमा युगान्तकारी परिवर्तन गर्न सफल भएको, देश दुर्घटनामा जाने खतरबाट रोक्ने दलहरूबीच अहिलेको गठबन्धन भएको जुन प्राकृतिक र पवित्र गठबन्धन हो। 

उनले यो गठबन्धनबाट देश सकारात्मक दिशामा अघि बढेकोसमेत दाबी गरे । केपी ओलीसँग आफूले गरेको एकता भने एउटा असफल प्रयोग भएको उनले उल्लेख गरे। 

सभामा प्रचण्डले चितवनबाट निर्वाचन लड्न गोरखा गए पनि आफ्नो घर चितवन नै भएकाले यहाँको विकास निर्माण र समृद्धिको लागि आफ्नो सहयोग निरन्तर रहने बताए।