मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
फाइल तस्बिर
रासस जलेश्वर
२०७९ कार्तिक २६ शनिबार १२:३४:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

महन्थ ठाकुर भन्छन्– मेरो उम्मेदवारी अन्तिमपटकका लागि

Read Time : < 1 मिनेट
रासस, जलेश्वर
२०७९ कार्तिक २६ शनिबार १२:३४:००

लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का अध्यक्ष महन्थ ठाकुरले यसपटकको आफ्नो उम्मेदवारी अन्तिम रहेको बताएका छन्। महोत्तरीको निर्वाचन क्षेत्र नं ३ बाट प्रतिनिधिसभा सदस्य पदका लागि उम्मेदवारी दिएका उनले यसपछि निर्वाचन नलड्ने बताएका हुन्।

अध्यक्ष ठाकुरले मत माग्ने तथा घरदैलो गर्ने क्रममा मतदातालाई आफूलाई अन्तिमपटकका लागि भोट दिन आग्रह गर्दै आएका छन्। यसअघि विसं २०७४ पनि यस क्षेत्रबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका उनी मधेसको पहिचान र हक–अधिकारसम्बन्धी केही काम गर्न बाँकी रहेकाले त्यही बाँकी कामका लागि पुनः एकपटक जिताउन आग्रह गरिरहेका छन्।

उनले विकासभन्दा आफूले कानुन निर्माण तथा मधेस र मधेसीको हक–अधिकार स्थापित गराउन बढी  समय दिने गरेको तर्क गरे।