१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
एजेन्सी पेरिस
२०७९ कार्तिक २४ बिहीबार ०६:४६:००
Read Time : < 1 मिनेट
खेलकुद प्रिन्ट संस्करण

अर्जेन्टिनी कप्तान मेसी घाइते

Read Time : < 1 मिनेट
एजेन्सी, पेरिस
२०७९ कार्तिक २४ बिहीबार ०६:४६:००

अर्जेन्टिनाका कप्तान लियोनल मेसी विश्वकपअगाडि नै घाइते भएका छन् । मेसीको पिँडुला सुन्निएको छ । चिकित्सकले उनलाई आराम गर्न सुझाव दिएका छन् । पेरिस सेन्ट जर्मेन (पिएसजी)ले मेसीलाई आराम दिएको छ । पिएसजीका अनुसार केही दिनमै मेसीको उपचार हुनेछ । मेसीले यसपटक कतार विश्वकपमा आफ्नो लागि उपाधि जित्ने अन्तिम अवसर भएको बताइसकेका छन् । मेसी घाइते हुँदा समर्थक निराश बनेका छन् । 

पिएसजीले उपचारपछि मेसी अभ्यासमा फर्कन सक्ने जनाएको छ । ‘अर्को साता मेसी सामूहिक प्रशिक्षणमा फर्कन सक्छन्,’ पिएसजीले जारी गरेको विज्ञप्तिमा भनेको छ । बार्सिलोनामा १७ वर्षको बसाइपछि मेसीले गत वर्ष पिएसजीमा आबद्ध भएका थिए । पिएसजीमा पहिलो सिजन राम्रो गर्न नसकेका मेसीले यसपटक व्यक्तिगत १२ गोल गरेका छन् । सन् २०१४ को विश्वकपमा मेसीकै कप्तानीमा अर्जेन्टिनाले विश्वकप फाइनल खेलेको थियो । जर्मनीबाट अर्जेन्टिना १–० ले पराजित भयो । अर्जेन्टिनाले विश्वकपको पहिलो खेल साउदी अरबसँग खेल्नेछ ।

विश्वकप गुमाए इंग्लिस  डिफेन्डर जेम्सले 
इंग्ल्यान्डका मुख्य डिफेन्डर रेस जेम्सले कतार विश्वकप गुमाएका छन् । प्रशिक्षक गेराथ साउथगेटले आफ्ना मुख्य डिफेन्डर जेम्स चोटका कारण विश्वकप टोलीबाट बाहिर रहेको स्पष्ट पारेका छन् । इंग्लिस क्लब चेल्सीका डिफेन्डरसमेत रहेका जेम्सको घुँडाको चोट निको भएको छैन । इंग्ल्यान्डले पछिल्लो चार वर्षमा अन्तर्राष्ट्रिय फुटबल प्रतियोगितामा उत्कृष्ट नतिजा निकाल्दा जेम्सले उल्लेखनीय योगदान गरेका थिए । उनी टोलीबाट बाहिर रहँदा समर्थक निराश बनेका छन । समर्थकले जेम्सलाई मौका दिनुपर्ने धारणा राखेका छन् । प्रशिक्षक गेराथले पनि मुख्य डिफेन्डरविना कतार विश्वकपमा सहभागी हुनुपर्दा दुःख लागेको प्रतिक्रिया दिएका छन् ।