मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024
नयाँ पत्रिका
२०७५ पौष ९ सोमबार ०७:२५:००
Read Time : > 1 मिनेट
अर्थ

नयाँ प्रविधिले उब्जाउने समस्याप्रति सजग रहनुस् : गभर्नर नेपाल

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२०७५ पौष ९ सोमबार ०७:२५:००

नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जीवी नेपालले नयाँ प्रविधिको प्रयोगबाट उब्जने समस्या समाधान गर्न बैंक तथा वित्तीय संस्थाहरू सजग हुनुपर्ने बताएका छन् । बंैकिङ फाइनान्स एन्ड इन्स्योरेन्स इन्टिच्युट अफ नेपालको आयोजनामा आइतबार भएको डिजिटल विश्वमा मानव स्रोतको रूपान्तरणसम्बन्धी सम्मेलन उद्घाटन गर्दै गभर्नर नेपालले नयाँ प्रविधि अपनाउनुपर्ने बताए । उनले भने, ‘बैंक, बिमा तथा वित्तीय संस्थाहरूले नवीनतम प्रविधि भिœयाउनुका साथै यसबाट उत्पन्न हुने समस्यालाई समाधान गर्नसमेत तयार रहनुपर्छ ।’ 

कार्यक्रममा बैंकिङ फाइनान्स एन्ड इन्स्योरेन्स इन्टिच्युट अफ नेपालका प्रबन्ध निर्देशक डा. विनोद आत्रेयले विश्वमा प्रविधिको विकासले जनशक्ति व्यवस्थापनमा अपनाउनुपर्ने अवधारणा, सूचना तथा सञ्चार क्षेत्रमा भएका नवीनतम आविष्कारसँगै रोजगारीको आयाममा भएको परिवर्तन र त्यस्ता परिवर्तनसँग मानवस्रोतको रूपान्तरण कसरी गर्ने भन्ने जानकारी गराउन सम्मेलन महत्वपूर्ण हुने बताए । समारोहमा नेपाल तथा भारतका विभिन्न बैंक तथा वित्तीय संस्थाका उच्च पदस्थ कर्मचारीहरूसमेत करिब २ सय जनाको उपस्थिति थियो ।  

भारतको आइडिएफसी बैंकका मानव संसाधन विभागका निर्देशक प्रतीक दुवेले डिजिटल विश्वमा मानव स्रोतको रूपान्तरण ः समस्या, चुनौती र समाधानका उपायहरू विषयमा आफ्ना विचार तथा अनुभवहरू प्रस्तुत गरेका थिए । 

उक्त सेसनको अध्यक्षता बैंकर्स एसोसिएसन नेपालका अध्यक्ष ज्ञानेन्द्र ढुंगाना र प्यानल वक्ताका रूपमा नेपाल इन्भेष्टमेन्ट बैंकका सहमहाप्रबन्धक विजेन्द्र सुवालले  नेपालमा डिजिटलाइजेसन र मानव संसाधनको अवस्था विषयमा आफ्नो धारणा प्रस्तुत गरेका थिए । 

त्यस्तै नेपाल पुनर्बिमा कम्पनीका अध्यक्ष महेशकुमार गुरागाईंको अध्यक्षतामा भएको दोस्रो सेसनमा रिस्क म्यानेजमेन्ट एसोसिएसन अफ इन्डियाका महासचिव डा. राकेश अग्रवालले बैंक, वित्तीय संस्था तथा बिमा कम्पनीका अवसरहरू, जोखिम र जोखिम निवारणका उपायहरू विषयमा आफ्ना विचार तथा अनुभवहरू प्रस्तुत गरेका थिए । 

साथै, सोही सेसनमा नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक नारायणप्रसाद पौडेलले नेपालका बैंक, वित्तीय संस्था तथा बिमा कम्पनीका अवसरहरू, जोखिम र जोखिम निवारणमा नियमनकारी निकायले खेलेको भूमिकाबारे आफ्ना विचार तथा अनुभव प्रस्तुत गरेका थिए । तेस्रो सेसनको अध्यक्षता नेपाल सरकारका पूर्वमुख्यसचिव तथा नेपाल इन्फ्रास्ट्रक्चर बैंकका अध्यक्ष डा. विमल कोइरालाले गरेका थिए ।