मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
नयाँ पत्रिका काठमाडौं
२०७९ कार्तिक २३ बुधबार ०६:१०:००
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

एनआइसी एसिया क्यापिटलले लाभांशलाई पुनः लगानी गरिदिने

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७९ कार्तिक २३ बुधबार ०६:१०:००

 एनआइसी एसिया क्यापिटलले खुलामुखी योजना एनआइसी एसिया डाइनामिक डेप्ट फन्डबाट वितरण गरिने प्रतिफललाई पुनः लगानी गर्न मिल्ने योजना ल्याएको छ । कम्पनीले ‘डिभिडेन्ड रि–इन्भेस्टमेस्ट’ प्लान सञ्चालनमा ल्याएको हो ।

 योजनामा सहभागी हुनका लागि अनलाइनमार्फत आवेदन गरेमा उक्त प्रतिफल रकमबराबरको इकाइ सम्बन्धित इकाइधनीको हितग्राही खातामा पठाइदिने व्यवस्था मिलाएको क्यापिटलले जनाएको छ । यसका लागि कात्तिक ३० सम्म आवेदन दिने इकाइधनीहरू मात्र योग्य हुने कम्पनीको भनाइ छ । 

एनआइसी एसिया बैंक म्युचुअल फन्डअन्तर्गत सञ्चालित पहिलो खुलामुखी योजना ‘एनआइसी एसिया डाइनामिक डेप्ट फन्ड’ले इकाइधनीलाई आव ०७८/७९ मा करसहित ६ प्रतिशतका दरले प्रतिफल वितरण गर्ने घोषणा गरेको थियो । प्रतिफल वितरण गर्नका लागि कात्तिक १५ गते इकाइधनी दर्ता किताब बन्द गरिएको थियो ।