१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
२०७९ कार्तिक २३ बुधबार ०८:००:००
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

आन्तरिक ऋण उठाउने तालिका सार्वजनिक

दोस्रो त्रैमासमा ३० अर्ब, तेस्रो त्रैमासमा ८८ अर्ब र चौथो त्रैमासमा १ खर्ब ३८ अर्ब ऋण उठाउने

Read Time : < 1 मिनेट
२०७९ कार्तिक २३ बुधबार ०८:००:००

 नेपाल राष्ट्र बैंकले आन्तरिक ऋण उठाउने तालिका सार्वजनिक गरेको छ । केन्द्रीय बैंकले मंसिर १२ देखि बोलकबोल सुरु हुने गरी आन्तरिक ऋणको तालिका निकालेको हो । सरकारलाई राजस्व र विदेशी सहायताले खर्च धान्नै कठिन भएपछि बैंकले आन्तरिक ऋण उठाइदिने भएको हो । 

३६४ दिने ७ अर्ब ५० करोड रुपैयाँका दरले १५ अर्बको ट्रेजरी बिल जारी गर्दै छ । यो मंसिर १२ गते र पुस १८ गते जारी गर्ने केन्द्रीय बैंकले जानकारी दिएको छ । त्यस्तै २, ३ र ४ वर्षे गरी तीनवटा १५ अर्ब मूल्यका विकास ऋणपत्र जारी गर्ने तालिकामा उल्लेख छ । बैंकले ८ अर्बको २०८१ ‘छ’, दुई अर्बको २०८२ ‘छ’ र पाँच अर्बको २०८३ ‘ज’ नामक विकास ऋणपत्र जारी गर्ने भएको हो ।

कहिले कति उठाउने ?
दोस्रो त्रैमासमा ३० अर्ब रुपैयाँको ऋणपत्र उठाउने तयारी रहेकोमा तेस्रो त्रैमासमा ८८ अर्ब रुपैयाँबराबरको आन्तरिक ऋण उठाउने उल्लेख छ । तेस्रो त्रैमासिकमा राष्ट्र बैंकले २८ दिने, ९१ दिने, १८२ दिने र ३६४ दिने गरी ६० अर्बको ट्रेजरी बिल जारी गर्नेछ । त्यस्तै, ६ वर्षे अवधिसम्मको २५ अर्बको विकास ऋणपत्र जारी गर्ने तालिकामा उल्लेख छ । नागरिक बचतपत्र र वैदेशिक रोजगार बचतपत्रमार्फत ३ अर्ब ऋण उठाउने भनिएको छ । 

चौथो त्रैमासमा गएर सरकारले ७५ अर्बको ट्रेजरी बिल, ६० अर्बको विकास ऋणपत्र र ३ अर्बको बचतपत्र जारी गर्ने तालिकामा उल्लेख छ । यसरी चौथो त्रैमासमा गएर बैंकले १ खर्ब ३८ अर्बको आन्तरिक ऋण उठाउनेछ ।