१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७९ कार्तिक २२ मंगलबार १०:३५:००
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

कुमारी बैंकको १२.५ प्रतिशत लाभांश पारित

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७९ कार्तिक २२ मंगलबार १०:३५:००

कुमारी बैंक लिमिटेडको बाइसौँ वार्षिक साधारणसभाले सेयरधनीलाई १२ दशमलव ५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ ।

बैंकका अध्यक्ष अमिरप्रताप जंगबहादुर राणाको अध्यक्षतामा भएको साधारणसभाले सामान्य प्रस्तावका रूपमा पेस गरिएको आव ०७८/७९ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन, लेखापरीक्षण प्रतिवेदनसहित आव ०७८/७९ असार मसान्तसम्मको वासलात, नाफा–नोक्सान हिसाबलगायतका वित्तीय विवरण पनि पारित गरेको जनाइएको छ । त्यस्तै, आव ०७९÷८० का लागि बाह्य लेखापरीक्षक नियुक्ति तथा निजको पारिश्रमिक तोक्ने प्रस्ताव पारित भएको बैंकले जनाएको छ । 

आव ०७८/७९ मा बैंकको चुक्ता पुँजी १४ अर्ब ७१ करोड रुपैयाँभन्दा बढी रहेको छ भने आव ०७९/८० को प्रथम त्रैमाससम्म निक्षेप एक खर्ब ७३ अर्ब रुपैयाँ र कर्जा, सापटी तथा अधिविकर्ष एक खर्ब ६१ अर्ब रुपैयाँ तथा नाफा एक अर्ब १४ लाख रुपैयाँ रहेको जनाइएको छ । बैंकले हाल देशभरमा एक सय ९९ शाखा, ३४ एक्सटेन्सन काउन्टर तथा एक सय ९५ एटिएममार्फत सेवा दिइरहेको जनाएको छ ।