मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
२०७९ कार्तिक २२ मंगलबार १०:१६:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

उदयपुरका ६२ जना कैदीबन्दीले कारागारबाटै मतदान गर्न पाउने

Read Time : < 1 मिनेट
२०७९ कार्तिक २२ मंगलबार १०:१६:००

जिल्ला कारागार उदयपुरमा रहेका ६२ जना कैदीबन्दीले मतदान गर्न पाउने भएका छन् । जिल्ला निर्वाचन कार्यालय उदयपुरका अनुसार सर्वोच्च अदालतले निर्वाचन आयोगको नाममा कैदीबन्दीहरूलाई भोट हाल्न पाउने व्यवस्था मिलाउन अन्तरिम आदेश जारी गरेसँगै ६२ जना कैदीबन्दीले मतदान गर्न पाउने भएका हुन् ।

मताधिकार पाएका कैदीबन्दीले आसन्न प्रदेश तथा प्रतिनिधिसभाको निर्वाचनमा समानुपातिकतर्फ मतदान गर्न पाउने व्यवस्था सुरु भएको जिल्ला निर्वाचन कार्यालय प्रमुख खेमराज कोइरालाले बताए । उनले भने, ‘निर्वाचन कसुरमा नपरेका र मतदाता नामावलीमा नाम भएका ६२ कैदीबन्दी हुनुहुँदो रहेछ, उहाँहरूले समानुपातिकतर्फ मतदान गर्न पाउनुहुन्छ । कारागारमै मतदानको व्यवस्था गरिनेछ ।’

कोइरालाका अनुसार ६१ जना पुरुष र एकजना महिलाले मतमदान गर्नेछन् । जिल्ला कारागार उदयपुरका प्रमुख डिगम कार्कीका अनुसार हाल जिल्ला कारागारमा एक सय ३० जना कैदी र ९५ जना बन्दी गरी दुई सय २५ जना कैदीबन्दी रहेका छन् ।