१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ११ मंगलबार
  • Tuesday, 23 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७९ कार्तिक २१ सोमबार १६:१९:००
Read Time : < 1 मिनेट
अर्थ डिजिटल संस्करण

नेप्सेमा सामान्य अंकले गिरावट 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७९ कार्तिक २१ सोमबार १६:१९:००

साताको दोस्रो कारोबारको दिन सोमबार नेप्से परिसूचक सामान्य अंकले घटेको छ। 

सोमबार नेप्से परिसूचक ६.४३ अंक घटेर १९५८.९४ बिन्दुमा झरेको हो। त्यस्तै, सेन्सेटिभ इन्डेक्स २.१९ अंक घटेको छ भने फ्लोट इन्डेक्स ०.३९ अंक र सेन्सेटिभ फ्लोट इन्डेक्स ०.८९ अंक घटेको छ।

सोमबार कारोबारमा आएका दुई सय २४ कम्पनीको ४९ लाख ४४ हजार कित्ता सेयर दुई अर्ब १० करोड ९१ लाख रुपैयाँबराबरको खरिदबिक्री भएको छ। नेप्से परिसूचकमा गिरावट आए पनि कारोबार भने दुई अर्बभन्दा बढीको सेयर कारोबार भएको छ।

नेप्सेका १३ उपसमूहमध्ये पाँच उपसमूहको परिसूचक बढेको छ भने बाँकी आठ उपसमूहको परिसूचक घटेको छ।

जसमा म्युचुअल फन्ड उपसमूहको परिसूचक सबैभन्दा बढी १.०६ प्रतिशत बढेको छ भने जीवन बिमा, लगानी, अन्य र व्यापार उपसमूहको परिसूचक सामान्य बढेको छ । यस्तै, विकास बैंक, उत्पादन तथा प्रशोधन उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढीले घटेको छ।

यस दिन धौलागिरि लघुवित्तको सेयरमूल्य ८.१३ प्रतिशत बढेको छ भने जाल्पा सामुदायिक लघुवित्तको सेयरमूल्य करिब सात प्रतिशतले बढेको छ। तर, यता ग्लोबल आइएमई लघुवित्त र सपोर्ट माइक्रोफाइनान्सको सेयरमूल्य साढे पाँच प्रतिशतभन्दा बढी घटेको छ।

आज कारोबार रकमका आधारमा जाल्पा लघुवित्तको १५ करोड १६ लाख रुपैयाँबराबरको सेयर कारोबार भएको छ भने शिवम् सिमेन्ट्सको ११ करोडभन्दा बढीको सेयर खरिद–बिक्री भएको छ।