१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १४ शुक्रबार
  • Friday, 26 April, 2024
२०७९ कार्तिक १९ शनिबार १८:०८:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

लमजुङमा स्थानीय तहका ९७८ उम्मेदवारलाई एक करोडभन्दा बढी जरिवाना

Read Time : < 1 मिनेट
२०७९ कार्तिक १९ शनिबार १८:०८:००

वैशाखमा सम्पन्न स्थानीय तह निर्वाचनमा कानुनले तोकेको समयभित्र निर्वाचन खर्च विवरण नबुझाउने लमजुङका ९ सय ७८ उम्मेदवारलाई निर्वाचन आयोगले जरिवाना तोकेको छ। चार नागरपालिका र चार गाउँपालिका गरी ८ स्थानीय तह रहेको लमजुङमा आयोगले तोकेको समयमा खर्च नबुझाउने स्थानीय तहका प्रमुख-उपप्रमुख, अध्यक्ष-उपाध्यक्ष, वडाध्यक्ष, महिला, दलित तथा खुला सदस्य गरी ९ सय ७८ उम्मेदवारलाई निर्वाचन आयोगले १ करोड ९० लाख ६० हजार जरिवाना तोकेको हो। 

निर्वाचन खर्च नबुझाउने नगरपालिकाका मेयर-उपमेयरका उम्मेदवारलाई ४ लाख ५० हजार र वडाध्यक्ष तथा सदस्य पदका उम्मेदवारलाई जनही २ लाखको दरले जरिवाना तोकेको छ। त्यसैगरी, गाउँपालिकाका अध्यक्ष-उपाध्यक्षलाई ३ लाख ५० हजार तथा वडाध्यक्ष र सदस्यहरूलाई १ लाख ५० हजारका दरले जरिवाना तोकिएको छ। जिल्ला निर्वाचन कार्यालय लमजुङका सूचना अधिकारी जिवाखर शर्माका अनुसार स्थानीय तह निर्वाचनमा जिल्लामा कुल उम्मेदवार १ सय ४१ जना रहेका थिए। सोमध्ये आयोगले तोकेको समयमा ६३ जना उम्मेदवारले मात्र निर्वाचन खर्च बुझाएका छन् भने तोकेको समयभन्दा पछि ४४ जना उम्मेदवारले खर्च विवरण पेस गरेका छन्। 

निर्वाचन आयोगले तोकेको समयभन्दापछि निर्वाचन खर्च बुझाउने र हालसम्म पनि खर्च विवरण पेस नगरेका ९ सय ७८ को उम्मेदवारको जरिवानासहित नाम सार्वजनिक गरेको जिल्ला निर्वाचन कार्यालयका सूचना अधिकारी शर्माले जानकारी दिए।  निर्वाचना आयोग तथा जिल्ला निर्वाचन कार्यालयले पटकपटक निर्वाचन खर्च विवरण बुझाउन आग्रह गरे पनि तोकिएका समयमा निर्वाचन खर्च पेस गर्न अटेरी गर्दा उम्मेवारहरू जरिवानामा परेका हुन्।