मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
संगीता बरुआ पिसारोती
२०७५ चैत १५ शुक्रबार १२:०४:००
Read Time : > 3 मिनेट
दृष्टिकोण

भारतीय निर्वाचनको पूर्वसन्ध्यामा

Read Time : > 3 मिनेट
संगीता बरुआ पिसारोती
२०७५ चैत १५ शुक्रबार १२:०४:००

लोकसभा निर्वाचन नजिकिँदै गर्दा मतदातालाई आफ्नो पोल्टोमा पार्न दुई प्रमुख राजनीतिक खेलाडी भारतीय जनता पार्टी (भाजपा) र कंग्रेसबीच रस्साकस्सी तथा आरोप–प्रत्यारोप चर्किरहेको छ । कंगे्रसले बेरोजगारी र सत्तासीन पार्टी भाजपाको भ्रष्टाचारलाई मुद्दा बनाउने प्रयास गरिरहँदा भाजपाले चाहिँ आतंकवाद, उग्र–राष्ट्रवाद र ‘पाकिस्तानी धम्की’लाई मुद्दा बनाउने प्रयास गरिरहेको छ । 

येदियुरप्पाको डायरीदेखि राहुलको आम्दानीसम्म 
भाजपा कर्नाटकका प्रमुख एवं पूर्वमुख्यमन्त्री बिएस येदियुरप्पासँग भाजपाका उच्च नेतालाई १८ अर्ब भारतीय रुपैयाँ बाँडेको विवरण समेटिएको डायरी भएको दाबी गर्दै गत २३ मार्चमा कंग्रेसले पत्रकार सम्मेलन ग-यो । १८ अर्ब अनियमिता प्रकरणमाथि नवनियुक्त लोकपालले छानबिन गर्नुपर्ने माग कंग्रेसको छ । ‘क्याराभान म्यागजिन’को पछिल्लो संस्करणमा प्रकाशित रिपोर्टलाई आधार बनाएर छानबिन गर्नुपर्ने तर्क कंग्रेसको छ । यो दाबीप्रति प्रतिक्रिया दिन २४ मार्चमा पत्रकार सम्मेलन गरेको भाजपाले कंग्रेस अध्यक्ष राहुल गान्धीको निर्वाचन प्रतिबद्धतामाथि सूक्ष्म ढंगले नियाल्ने उद्घोष ग-यो ।

कुनै प्रमाणविनै भाजपाका प्रवक्ता तथा लोकसभा उम्मेरदवार संवित पात्राले सन् २००४ देखि २०१४ भित्र गान्धीको आम्दानीले ‘विशाल फड्को’ मारेको आरोप लगाए । सन् २००४ मा गान्धीको आम्दानी ५५ लाख भारु रहेकोमा सन् २०१४ मा आइपुग्दा नौ करोड पुगेको दाबी गरे । पात्राले प्रश्न भने, ‘कुनै व्यवसाय नगर्ने सांसदको आम्दानीले यत्रो फड्को कसरी मा-यो ?’ यसैबीच, १८ अर्ब अनियमितता भएकोबारे पत्रकारले प्रश्न सोध्दा भाजपा राष्ट्रिय महामन्त्री राम माधवले भने, ‘सन् २०११ मै यो विषयमा आरोप लाग्दा कंग्रेस सत्तामा थियो, त्यति वेला किन अनुसन्धान गरिएन ?’

पाकिस्तानद्वारा प्रायोजित आतंकवादलाई जोडेर उग्र–राष्ट्रवादी राजनीतिक सन्देश फैलाउने मौकाको रूपमा पत्रकार सम्मेलनलाई उपयोग गर्ने प्रयास भाजपा महामन्त्री माधवले गरे । माधवले भने, ‘राष्ट्रलाई कुन दिशामा डोहो-याउने भन्नेबारे कंग्रेस अनविज्ञ छ । त्यसैले ऊ आधारहीन लडाइँ लडिरहेको छ । कंग्रेस भारतका लागि लडिरहेको हो कि पाकिस्तानका लागि ? स्पस्ट छैन ।’ कंग्रेसको ट्विट पाकिस्तानमा धेरै रिट्विट हुने गरेको दाबी गर्दै उनले भने, ‘पाकिस्तान गएर निर्वाचन लडेको भए कंग्रेस विजयी हुन सक्थ्यो ।’

कंग्रेसको नवौँ उम्मेदवार सूची 
भाजपाको भ्रष्टाचारलगायत मुद्दा उठाएर आमनागरिकको ध्यान मोड्ने प्रयास गरिरहँदा कंग्रेसले तमिलनाडुको शिवगंगा क्षेत्रबाट पार्टीका वरिष्ठ नेता पी. चिदम्बरम्का छोरा कार्ती चिदम्बरम्लाई उठाउने निर्णय ग-यो । कार्ती तिनै हुन्, जो आइएनएक्स मिडियाको कालो धन प्रकरणसहित भ्रष्टाचार मुद्दामा मुछिएका थिए । उनी अदालती प्रक्रियाको सामना गरिरहेका छन् । कंग्रेसको नवौँ उम्मेदवारको सूची सार्वजनिक भएलगत्तै रिपोर्टरसँग बोल्ने क्रममा कंग्रेसलाई सिट छाडेकोमा द्रविडा मुनेत्रा काज्हगम (डिएमके) पार्टी प्रमुख एम.के. स्टालिनलाई कार्तीले धन्यवाद दिए । 

कंगे्रसले बेरोजगारी र सत्तासीन पार्टी भाजपाको भ्रष्टाचारलाई मुद्दा बनाउने प्रयास गरिरहँदा भाजपाले चाहिँ आतंकवाद, उग्र–राष्ट्रवाद र ‘पाकिस्तानी धम्की’लाई मुद्दा बनाउने प्रयास गरिरहेको छ ।

त्रिपुराको अपडेट 
देशको उत्तरपूर्वी क्षेत्रमा एक्लै अघि बढिरहेको कंग्रेसले २४ मार्चमा त्रिपुराको आइएनपिटी पार्टीसँग सहमति ग-यो, जसअनुसार यस क्षेत्रका दुवै लोकसभा सिटबाट आइएनपिटीले आफ्ना उम्मेदवारको नाम फिर्ता लिनेछ । पुरानो गठबन्धन पार्टी आइएनपिटीसँगको नयाँ सहमतिले कंग्रेस उम्मेदवारलाई निश्चय पनि बल पु-याउनेछ ।

कंगे्रसका त्रिपुरा राज्य प्रमुख प्रद्योत देव वर्मनकी बहिनी राजकुमारी प्रज्ञा देव वर्मनले पूर्वी त्रिपुरा निर्वाचन क्षेत्रबाट लड्ने भएकी छिन् । यसैगरी, हालै मात्र भाजपाको राज्य उपाध्यक्षको पद त्यागेर कंग्रेस प्रवेश गरेका सुबाल भौमिक पश्चिम त्रिपुरा क्षेत्रबाट प्रतिस्पर्धा गर्दै छन् । आइएनपिटी अध्यक्ष विजोय कुमार हरङखवलले पूर्वसर्तविनै पार्टीले कंग्रेसलाई समथर्न गरिहेको दाबी गरेका छन् । पश्चिम त्रिपुरा क्षेत्रबाट आफ्नो उम्मेदवारी फिर्ता लिएका हरङखवलले आदिवासी भोट विभाजन हुन नदिन पार्टीले कंग्रेससँग सहमति गरेको तर्क गरे । अर्कोतर्फ, भाजपाको गठबन्धन दल रहँदै आएको त्रिपुराको अर्को आदिवासी पार्टीले यस क्षेत्रको निर्वाचनमा एक्लै प्रतिस्पर्धा गर्ने निर्णय गरेको छ । आदिवासी बाहुल्य रहेको पूर्वी त्रिपुराबाट यस आदिवासी दलका उम्मेदवार उठाउनेबारे भाजपा सहमत नभएपछि उसले एक्लै प्रतिस्पर्धा गर्ने 
निर्णय ग-यो ।

लिंगमा आधारित राजनीति
हरियाणामा भाजपा सांसद सुरेन्द्र सिंहले हरियाणाकी कलाकार तथा नृत्यकार सपना चौधरीलाई युपिए अध्यक्ष सोनिया गान्धीसँग तुलना गरेर लैंगिक अवहेलनासहितको अभिव्यक्ति दिएका छन् । सोनिया गान्धी इटालीकी व्यावसायिक नृत्यकार भएको र राहुल गान्धीले चौधरीलाई पार्टीमा प्रवेश गराएर आफ्नो पिताको बाटो अँगालेको अभिव्यक्ति सिंहले दिएका थिए । मोदीजस्ता चरित्रवान तथा इमानदार नेताविरुद्ध नृत्यकारले देशको नेतृत्व गर्ने अवस्थालाई भारतीय राजनीतिले स्विकार्न नसक्ने उनको दाबी थियो । चौधरीसँग विवाह गर्न राहुललाई सुझाब दिँदै सिंहले भने– ‘सबैभन्दा उत्कृष्ट पाटो त के हुन्छ भने सासू र बुहारी दुवै एउटै पेसाबाट आएका छन् ।’ त्यसैगरी, हालै मोदीलाई सुविधाभोगी ‘चिया पकाउने’ र ‘पाले’ भनी आलोचना गरेको भन्दै बिएसपी पार्टीकी नेतृ मायावतीलाई पनि सिंहले निशाना बनाए । 

अजमगरबाट प्रतिस्पर्धा गर्दै अखिलेश 
लोकसभा निर्वाचनमा प्रतिस्पर्धा गर्न समाजवादी पार्टी प्रमुख अखिलेश यादवससँग आत्मविश्वास नभएको भन्दै आगरामा अमीत शाहले उनीप्रति नकारात्मक व्यंग्य गरे । तर, तगत्तै यादवले आजमगढबाट उम्मेदवारीको घोषणा गरे । अघिल्ला निर्वाचनमा बिएसपी र राष्ट्रिय लोक दलसँग गठबन्धन गरेर निर्वाचनमा प्रतिस्पर्धा गरेको समाजवादी पार्टीले यसपटकको लोकसभा निर्वाचनका लागि यस क्षेत्रमा आफ्ना १९ जना उम्मेदवार खडा गरेको छ । यसका साथै, सामाजवादी पार्टीले ४० जना स्टार निर्वाचन अभियानकर्ताको नाम सार्वजनिक गरेको छ । जसमा जया बच्चनको नामसमेत समावेश गरिएको छ । 

कन्हैया कुमार वामपन्थी उम्मेदवार
बिहारको बेगुसराय क्षेत्रबाट संयुक्त वामपन्थी उम्मेदवारका रूपमा मनोनीत भएका कन्हैया कुमारले राष्ट्रिय जनता दल (आइजिडी) र कंग्रेसजस्ता पार्टीले अघि सारेको महागठबन्धनलाई समर्थन गर्ने बताएका छन् । वामपन्थी पार्टीले कन्हैयालाई संयुक्त उम्मेदवार बनाउन आरजिडीलाई अनुरोध गरेको थियो, किनभने बेगुसरायलाई वामपन्थी लोकप्रिय क्षेत्रको रूपमा हेरिन्छ ।   
(द वायरबाट)

(द वायरकी उपसम्पादक पिसारोती संस्कृति/राजनीतिमा कलम चलाउँछिन्)