१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७९ कार्तिक १७ बिहीबार १९:१४:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

अधिवक्ता रिजालकाे दाबी- सन्दीपका पक्षमा बलियाे प्रमाण पेस गरेका छौँ

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७९ कार्तिक १७ बिहीबार १९:१४:००

क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दा आज पनि हेर्दाहेर्दैमा राखिएको छ। बुधबारबाट जारी थुनछेक बहस आज पनि नसकिएपछि लामिछानेविरुद्धको मुद्दा हेर्दाहेर्दैमा राखिएको हो।

उनको पक्षबाट वरिष्ठ अधिवक्ता रमण श्रेष्ठसहित कृष्ण सापकोटा, सबिता भण्डारी, सुवास पाठक र लभ मैनालीले बहस गरेका छन्। 
सन्दीपका कानुन व्यवसायीले पीडित किशोरी भएको प्रमाण अदालतमा पेस गरेका र सन्दीपविरुद्धको अभियोजन नै प्रमाणित नहुने जिकिर गरेका छन्। 

शुक्रबार पीडित किशोरी पक्षका वकिल र सरकारी वकिलले बहस गर्दै छन्। आजको बहसपछि सञ्चारकर्मीसँग बोल्दै सन्दीप पक्षकी अधिवक्ता सुधा रिजालले पीडित भनिएकी बालिका नाबालिग नभएको प्रमाण पेस गरेको बताइन्। 

उनले पीडित भनिएकी किशोरीको अस्पतालको कागज र संशोधित जन्मदर्ता, बसाइसराइको कागजबाट पनि किशोरी नाबालिका नभएको र सन्दीपको पक्षमा आफूहरूले दह्रो प्रमाण पेस गरेको दाबी गरिन्। 

उनले भनिन्, ‘पीडित भनिएकी किशोरी नाबालिग होइनन् भन्ने कुरा पहिल्यै मैले किटानका साथ भनेकी थिएँ। उनको अस्पतालको कागज र उनको संशोधित जन्मदर्ता, बसाईंसराइको कागजबाट उनी नाबालिका होइनन् भन्ने पुष्टि हुन्छ। सन्दीप लामिछानेको पक्षमा हामीले दह्रो प्रमाण पेस गरेका छौँ।’ सन्दीपविरुद्धको अभियोग जिल्ला न्यायाधीश माधवप्रसाद घिमिरेको इजलासमा सुनुवाइ भइरहेको छ।