मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ४ मंगलबार
  • Tuesday, 16 April, 2024
२०७९ कार्तिक १७ बिहीबार १६:०७:००
Read Time : < 1 मिनेट
अर्थ डिजिटल संस्करण

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयको चार्टर उडान सुरु

Read Time : < 1 मिनेट
२०७९ कार्तिक १७ बिहीबार १६:०७:००

हिमालय एयरलाइन्सले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट चार्टर उडान सुरु गरेको छ। काठमाडौंको ट्राभल एजेन्सीले गरेको चार्टर बुकिङ हिमालयले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट बिहीबार दिउँसो उडान गरेको हो।

नेपाल एयरलाइन्स र हिमालय एयरलाइन्सलाई गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट उडान गर्नुपर्ने बाध्यात्मक अवस्था सिर्जना भएपछि हिमालयले पहिलो चार्टर उडान क्वालालम्पुरका लागि गरेको हो।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट उडाउने भए पनि एयरलाइन्सले यात्रुहरूलाई भैरहवाबाट उडाएको हो। एयरलाइन्सले यात्रुहरूलाई चारवटा गाडीमार्फत भैरहवा ल्याएको थियो।