मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
नयाँ पत्रिका काठमाडौँ
२०७९ कार्तिक १५ मंगलबार १०:३६:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

प्रचण्डसँग नवनियुक्त अमेरिकी राजदूत थम्पसनको शिष्टाचार भेटवार्ता 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौँ
२०७९ कार्तिक १५ मंगलबार १०:३६:००

माओवादी केन्द्रका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग नेपालका लागि संयुक्त राज्य अमेरिकाका नवनियुक्त राजदूत डिन आर थम्पसनले आज शिष्टाचार भेटवार्ता गरेका छन् ।  प्रचण्डनिवास खुमलटारमा आज बिहान भेटवार्ता भएको हाे । 

सो भेटवार्तामा दुई देशबीचको सम्बन्ध, नेपाली राजनीति, आर्थिक विकासबारे छलफल भएको अध्यक्ष प्रचण्डको सचिवालयले जनाएको छ । भेटमा पूर्वप्रधानमन्त्री प्रचण्डले नेपालको विकासमा अमेरिका र अमेरिकी जनताले गर्दै आएको सहयोग र खेलेको भूमिका सराहनीय रहेको बताए । 

उक्त अवसरमा राजदूत थम्पसनले नेपालको दिगो र समावेशी आर्थिक विकास लक्ष्य हासिल गर्न आफूहरूको सहयोग निरन्तर रहने विश्वास दिलाए । उनले ७५ वर्षदेखिको नेपाल–अमेरिका सम्बन्धले आफ्नो कार्यकालमा अझै उचाइ लिने विश्वास व्यक्त गरे ।