१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
अञ्जना बराइली, अभिनेत्री
नयाँ पत्रिका काठमाडाैं
२०७९ कार्तिक १५ मंगलबार १०:०५:००
Read Time : < 1 मिनेट
सप्तरंग प्रिन्ट संस्करण

कम्फर्टेबल ड्रेस छान्छु

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
२०७९ कार्तिक १५ मंगलबार १०:०५:००

मोडलिङ गर्ने भएकाले फोटो सुटका वेला फेसन डिजाइनरले तयार गरेका कपडा लगाउँछु । म्युजिक भिडियो र फिल्ममा पात्रअनुसारको पहिरन लगाउनुपर्ने हुन्छ । यसका लागि पनि फेसन डिजाइनरकै सल्लाहमा कपडा तयार गरिएको हुन्छ । घरमा बस्दा र घुमफिर गर्दा आफूलाई सजिलो लाग्ने पहिरन लगाउँछु ।

मैले प्रायः ट्रयाकसुटमा आफूलाई सहज महसुस गर्छु । किनकि, ट्रयाकसुटमा हिँड्न सजिलो हुन्छ । कहिलेकाहीँ पाइन्ट–टिसर्ट, कुर्था पनि लगाउँछु । कतै जाँदा ठाउँ, समय हेरेर पहिरन छान्छु । 

कम्फर्टेबल कपडाले कन्फिडेन्टसमेत बढाउने भएकाले छनोटमा ध्यान दिन जरुरी छ । तर, यसको अर्थ बजारमा चलेकै फेसन ट्रेन्ड फलो गर्नुपर्छ भन्ने होइन । किनकि, अरूलाई सुहाएको कपडा तपाईंलाई नसुहाउन सक्छ ।

अरूले सहज महसुस गरेको पहिरन लगाउँदा तपाईंलाई असहज महसुस हुन सक्छ । त्यसैले पहिरन छनोट गर्दा आफूलाई जुन सहज लाग्छ, त्यही छनोट गर्न सल्लाह दिन्छु ।