१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
२०७९ कार्तिक १४ सोमबार १२:१०:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

बाबुलाई खुकुरी प्रहार गरेर छोरो फरार 

Read Time : < 1 मिनेट
२०७९ कार्तिक १४ सोमबार १२:१०:००

चितवनको माडीमा छोराले बाबुलाई खुकुरी प्रहार गरेका छन् । आइतबार राति ६५ वर्षीय रामबहादुर गुरुङलाई आफ्नै छोराले खुकुरी प्रहार गरेर घाइते बनाएपछि उनी अहिले अस्पतालमा छन् । उनको निधार र टाउकोमा चोट लागेको छ ।

माडी ६ रामराज्यपुरका गुरुङको अहिले चितवन मेडिकल कलेज भरतपुरमा उपचार हुँदै छ । खुकुरी प्रहार गर्ने छोरा राजन गुरुङ भने फरार रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ।