मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
२०७९ कार्तिक १० बिहीबार १७:१३:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

हेटौँडामा आगलागीबाट ५० लाखबराबरको क्षति

Read Time : < 1 मिनेट
२०७९ कार्तिक १० बिहीबार १७:१३:००

हेटौँडा उपमहानगरपालिका–१० बसपार्कस्थित तरकारी बजारमा रहेको एउटा नास्ता पसलमा आगलागी हुँदा नास्ता पसल र सँगै रहेका ७ वटा तराकारी पसलमा क्षति पुगेको छ।
 
आगलागीबाट नास्ता पसलसँगै रहेका ३ वटा तरकारी पसल जलेर पूर्ण रूपमा नष्ट भएका छन् भने चारवटामा सामान्य क्षति पुगेको छ।

बिहीबार दिउँसो लागेको आगोबाट कुनै मानवीय क्षति भने नभएको जिल्ला प्रहरी कार्यलय मकवानपुरका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक टेकबहादुर कार्कीले जानकारी दिए। 

आगलागीबाट ५० लाखबराबरको धनमालको क्षति भएको अनुमान गरिएको छ। दमकल, प्रहरी र स्थानीयको सहयोगमा आगो निभाइएको थियो। विद्युत् सर्ट भएर आगलागी भएको हुन सक्ने प्रहरी प्रवक्ता कार्कीले बताए।