Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
२०७९ कार्तिक ७ सोमबार १२:४५:००
Read Time : > 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

धादिङ १ : पाण्डे र त्रिपाठीमा कसले मार्ला बाजी ?

Read Time : > 1 मिनेट
२०७९ कार्तिक ७ सोमबार १२:४५:००

आसन्न प्रतिनिधिसभा तथा प्रदेश सभा निर्वाचनका उम्मेदवारहरू चुनावी प्रचारप्रसारमा व्यस्त देखिन थालेका छन्। धादिङको प्रतिनिधिसभा क्षेत्र नं. १ का उम्मेदवार एकीकृत समाजवादीका उपाध्यक्ष एवं बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डे चुनावी प्रचारका लागि जिल्ला आइपुगेका छन्। उनी अहिले आफ्ना एजेन्डा तथा प्रतिबद्धता लिएर मतदातासँग भेटघाटमा व्यस्त छन्।

मुख्यमन्त्री पाण्डे ०४३ सालदेखि धादिङको संसदीय राजनीतिमा छन्। पाण्डेले एमालेबाट उम्मेदवार भई ०४८, ०५१, ०५६, ०७० र ०७४ सालमा चुनावी नतिजा आफ्नो पोल्टामा पारेका थिए। उनी ०६४ सालमा भएको पहिलो संविधानसभा निर्वाचनमा भने पराजित भएका थिए। ०७४ को निर्वाचनमा पाण्डे प्रदेश सभा (क)बाट २७ हजार तीा सय ३२ मत ल्याई विजयी भएका थिए। उनका प्रतिद्वन्द्वी नेपाली कांग्रेसका मदुकुमार श्रेष्ठले १३ हजार ६ सय ४७ मत प्राप्त गरेका थिए।

०७४ को निर्वाचनमा क्षेत्र नं. १ मा एमालेबाटै विजयी भएका भूमिप्रसाद त्रिपाठी पाण्डेसँगको चुनावी प्रतिस्पर्धामा छन्। त्रिपाठी ४९ हजार एक सय २१ मत ल्याई विजयी हुँदा उनका प्रतिद्वन्द्वी कांग्रेसका विश्वप्रसाद अर्यालले २१ हजार नाै सय ६८ मत पाएका थिए। तर, एमाले विभाजनपछि आसन्न निर्वाचनका लागि पाण्डे र त्रिपाठी प्रतिस्पर्धामा उत्रिएका हुन्।

सोही क्षेत्रबाट पाण्डे र त्रिपाठीसँग धादिङका पुराना कम्युनिस्ट नेता उत्तमराज शर्मा कँडेलले स्वतन्त्र उम्मेदवारी दिएका छन्। यसैगरी यस क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टीबाट कलाकार हिमेश पन्त, जनता समाजवादी पार्टीबाट नोरमान तामाङ, जनता समाजवादी पार्टीबाट पुष्कर सेढाईं, मंगोल नेसनल अर्गनाइजेसनबाट सुमन तामाङ, नेपाल मजदुर किसान पार्टीबाट विश्वअम्मर महर्जन पनि उम्मेदवार छन्। यीबाहेक अन्य ६ जनाले स्वतन्त्र उम्मेदवारी दिएका छन्।

गत स्थानीय चुनावको अंकगणित
गत वैशाख ३० गते सम्पन्न स्थानीय तह चुनावको मतभार हेर्दा धादिङको प्रतिनिधिसभा क्षेत्र नं. १ मा सत्तागठबन्धन बलियो देखिन्छ। उक्त क्षेत्रमा पालिका प्रमुखको मत हेर्ने हो भने एमालेले ३९ हजार पाँच सय ५०, राप्रपाले एक हजार चार सय ४४ र गठबन्धनतर्फ ४८ हजार नाै सय ५४ मत प्राप्त गरेका थिए। अहिले एमाले र राप्रपाले चुनावी तालमेल गरेका छन्। यी दुई दलको मत ४० हजार नाै सय ९४ हुन आउँछ भने गठबन्धनतर्फ ४८ हजार नाै सय ५४ मत रहेको छ। सोही मतलाई हेर्ने हो भने सत्तारूढ गठबन्धन सात हजार नाै सय ६० मतले अघि देखिन्छ।

प्रतिनिधिसभा क्षेत्र नं. १ (क) मा ७४ हजार चार सय ६६ र (ख)मा ६० हजार सात सय ६६ गरी कुल एक लाख ३५ हजार दुई सय ४२ मतदाता रहेका जिल्ला निर्वाचन कार्यालय धादिङका निर्वाचन अधिकारी सन्तोषकुमार श्रेष्ठले जानकारी दिए।