मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
सौरभ यादव राजविराज
२०७९ कार्तिक ६ आइतबार १९:१७:००
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

चुनावको मुखैमा दलबदल : असन्तुष्टको कहर, उपेन्द्रको लहर

प्रतिनिधिसभा तथा प्रदेश सभा निर्वाचनको मुखैमा उपेन्द्र यादवले मधेश प्रदेशमा पार्टीको लहर चलाएका छन्

Read Time : > 1 मिनेट
सौरभ यादव, राजविराज
२०७९ कार्तिक ६ आइतबार १९:१७:००

चुनावी सरगर्मी बढिरहँदा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का केन्द्रीय नेता तथा कार्यकर्ताहरू जनता समाजवादी पार्टी नेपालमा प्रवेश गर्ने क्रम बढेको छ। पार्टीहरूले थोरै सिटमा तालमेल गरेका कारण असन्तुष्ट नेता तथा कार्यकर्ताहरूले धमाधम पार्टी परित्याग गर्न थालेका हुन्।

सप्तरीको राजविराजमा आइतबार आयोजित एक कार्यक्रमका बीच केन्द्र तथा जिल्ला नेताहरू परित्याग गर्दै जसपामा प्रवेश गरेका छन्। लोसपाका केन्द्रीय नेता शैलेशकुमार चौधरी, केन्द्रीय नेता एवं मधेस बाहिनी रक्षा दलका पूर्वअध्यक्ष विनोदकुमार यादव, केन्द्रीय सदस्य पूनम यादवलगायतका दर्जनौँ नेता तथा कार्यकर्ताहरू जसपामा प्रवेश गरेका छन्।

त्यसैगरी, सप्तरी उद्योग वाणिज्य संघका पूर्वउपाध्यक्ष शंकर दास, नेकपा एसको प्रदेश सचिवालय सदस्य अरुण देवलगायतका नेताहरू जसपामा प्रवेश गरेको जिल्ला अध्यक्ष केदार यादवले जानकारी दिए। नवप्रवेशी पुनम यादवको नाम लोसपाले समानुपातिक सूचीमा समेत १४ औँ नम्बरमा सिफारिस गरेको छ। नेता चौधरी, विनोद र पूनम मधेसमुक्ति आन्दोलनका चर्चित अनुहार हुन्। चौधरी राजविराज नगरपालिकाका पूर्वमेयरसमेत हुन्।

नवप्रवेशीहरूलाई जसपा अध्यक्ष उपेन्द्र यादव, केन्द्रीय नेता एवं राष्ट्रिय सभा सदस्य मृगेन्द्रकुमारसिंह यादव, पार्टीका प्रवक्ता मनीष सुमनलगायतले स्वागत गरेका छन्। मधेसकेन्द्रीत शक्तिहरूसँग चुनावी तालमेल नगरी केही नेताहरूले व्यक्तिगत स्वार्थका कारण प्रलोभनमा परी थोरै सिटमा सम्झौता गरेर पार्टीलाई नै सिध्याउने काम गरेको नवप्रवेशीहरूको आरोप छ।

सप्तरी-२ बाट प्रतिनिधिसभा सदस्यमा उम्मेदवारी दिएका जसपा अध्यक्ष यादवले सप्तरीमा कार्यकर्ता भेला, भेटघाट, छलफल तथा पार्टी प्रवेश कार्यक्रमलाई तीव्रता दिएका छन्। प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएपछि नर्सिङ कलेज, इन्जिनियरिङ कलेज, रामराजाप्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठान, कृषि विश्वविद्यालय सय शय्याको अस्पताललाई ४ सय २० बेडको सुविधा सम्पन्न अस्पताल, सडक सञ्जाल विस्तार, विद्यालय भवन निर्माणलगायत विभिन्न ४२ वटा कामहरू गरेका छन्। तीमध्ये केही काम पूरा पनि भइसकेको छ भने बाँकी निर्माणका क्रममा रहेका छन्। सप्तरीको कायापलट गर्ने संकल्पका साथ महत्वपूर्ण योजनाहरू अगाडि बढाएका कारण जसपा अध्यक्ष उपेन्द्र यादवको पक्षमा माहोल बन्दै गएको छ। 

यसअघि लोसपाबाटै तिलाठी कोइलाडीका पूर्वमेयरसमेत रहेका युवा नेता सतिसकुमार सिंहको नेतृत्वमा केही नेता तथा कार्यकर्ताहरू पार्टी परित्याग गरेका थिए। उनी जनमत पार्टीबाट प्रदेश सभा सदस्यमा सप्तरी २ (क)बाट उम्मेदवार बनेका छन्।